पुर्खाले लडेर बचाएको मेरो
अस्तित्व तिमीले बचाउन सकेनौँ है
सबै मिली मभित्र
एक छत्र अटाउन पनि सकेनौँ है
तिम्रो लाचारीपन लिएर
आज लुटिएको मेर‍ो मुख हेर्नलाई
के आउँछौ तिमी ?

डा. सूरज निरौला

मातृभूमिको विकास गर्नु त कता
मेरै छातीमा टेकी
आ-आफू नै लड्दैछौ तिमी
तानातानको ताण्डव नाच देखाउँदै
आज थङ्थिलो मेर‍ो मुख हेर्नलाई
के आउँछौ तिमी ?

आमाभन्दा प्यारो तिमीलाई तिम्रै सम्पति
त्यही जोड्दैमा ममता नराख्ने भयौँ एक रति
कम से कम दश धारा
मेरो दुधको मूल्य त चुकाऊ तिमी
दरिद्र त्यो तिम्रो अनुहार लिएर
आज सुस्ताएको मेर‍ो मुख हेर्नलाई
के आउँछौ तिमी ?

घरको बोझ सम्झिएर
वृद्धाश्रममा बन्दी छोडेर
आफू स्वतन्त्र जीवनमा भुल्ने
तिमी
मेरो दुःखले फेरि दुखित हुन
आज रोइरहेको मेरो मुख हेर्नलाई
के आउछौ तिमी ?
मेर‍ो मुख के हेर्छौ तिमी ?

वी.पी.को.स्वा.वि.प्र., धरान ।