आमा तिमी संसार, मेरो भगवान्
तिम्रो साथ सधैँ पाइराखूँ, तिमी मेरो बाँच्ने आधार
तिमी माया र ममताकी खानी
म नबोली मेरो कुरा बुझिदिने, अन्तर्यामी।।१

मेरा साना-साना कुरामा खुशी खोज्छौ
मलाई कुनै समस्या आइपरे लड्ने तागत दिन्छौ
मेरो आखाँमा आँसु आए तिम्रो मन रसाउँछ
मेरो ओठको हाँसोले तिम्रो मन रमाउँछ।।२

भगवान्को अगाडि, सधैँ मेरा लागि खुशी माग्छौ
कहीँकतै कसैले केही दिए, मलाई सम्झी घर ल्याउँछौ
तिमीसँग पढाइको प्रमाणपत्र त छैन
तर मैले तिमी जति ज्ञान अरुबाट पाएको हैन।।३

आमा तिमी यति निःस्वार्थी छौ, तिमी मसँग मेरै सफलता माग्छौ
आफ्नो वास्ता नगरी सधैँ मेरो, इच्छा पूरा गर्नतर्फ लाग्छ्यौ
तिमीले मेरा निम्ति गरेको त्यागलाई, म कहिल्यै चुकाउन त सक्दिनँ
तर म तिमीलाई, कहिल्यै निराश पार्ने छैन।।४