
माधव पोखरेल
उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका वडा न. १२ मा रहेको सगरमाथा मोडल बोर्डिङ स्कुलका विद्यार्थीहरूका लागि शुक्रबार साहित्य लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सगरमाथा मोडल स्कुलको आयोजना र उदयपुर साहित्य कला प्रतिष्ठानको संयोजनमा भएको सो प्रशिक्षण कार्यक्रममा प्रतिष्ठानका महासचिव माधव पोखरेल गोज्याङ्ग्रे र संस्थापक सदस्य उद्धव घिमिरेले कक्षा ६ देखि १० सम्मका साहित्य लेखनमा रुचि राख्ने५० जना विद्यार्थीहरुलाई छन्द कविता लेखन र बाल साहित्य लेखनका बारेमा प्रशिक्षण दिनु भएको थियो ।
सो प्रशिक्षण कार्यक्रम विद्यालयका प्रबन्ध निर्देशक प्रकाश खत्रीले गर्नु भएको थियो भने बरुवा क्याम्पस गाईघाटका प्रमुख भिम बहादुर खड्का तथा विद्यालयका विषय शिक्षकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अतिथि भीमबहादुर खड्काले सिकाई जीवनमा निरन्तर चलिरहने र सिकेर कहिले पनि नथाकिने हुँदा विद्यार्थी भाइ बहिनीहरुले पनि सिकाइ र लेखाइमा विशेष दिएका खण्डमा भोलिका दिनहरूमा बालकृष्ण सम, महाकवि लक्ष्मी प्रसाद देवकोटा जस्तै बन्न सक्ने बताउनु भयो ।
कार्यक्रमको अध्यक्षता गर्नु भएका विद्यालयका प्रबन्ध निर्देशक प्रकाश खत्रीले विद्यार्थी भाइ बहिनीहरूको शैक्षिक स्तर उकास्न र साहित्यतिर चासो बढाउन आवश्यक भएको हुँदा भोलिका दिनमा शैक्षिक गुणस्तरलाई पनि अभिवृद्धि गराउन यो प्रशिक्षणको आयोजना गरिएको बताउनु भयो ।
अध्यक्ष खत्रीले एक दिन प्रशिक्षण दिएर पुरा नहुने भएकोले छन्दका बारेमा र बाल साहित्य लेखनका बारेमा आउँदा दिनहरूमा पनि विद्यार्थी भाइबहिनीहरूका लागि प्रशिक्षणको व्यवस्था मिलाइने भएकोले लेखन कलालाई निरन्तरता दिएका खण्डमा विद्यालयबाट राम्रा प्रतिभाहरू उत्पादन हुने बताउनु भयो ।
उक्त प्रशिक्षण कार्यक्रमपश्चात विद्यार्थीहरूले लेखेका कविताहरू वाचन गरिएको थियो भने प्रशिक्षक द्वयले छन्द कविता लेख्दा शुरुमा ह्रस्व दीघको वानकारी स्वरवर्ण र व्यञ्जन वर्ण तथा बालकविता लेखन कला विषयवस्तु र शैलीका बारेमा सहभागीहरूलाई जानकारी दिनु भएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

