काठमाडौं, सुवासचन्द्र पौडेल । ‘स्रष्टा पदयात्रा नेपाल’ले आफ्नो ८२ औँ पदयात्रा सफलतापूर्वक सम्पन्न गरेको छ । सातदोबाटो, ललितपुरबाट सुरू भएको उक्त पदयात्रा सुनाकोठीस्थित बालकुमारी मन्दिर हुँदै नाग दह, सन्तानेश्वर महादेव हुँदै बज्रबाराही मन्दिरको परिक्रमा गरी सम्पन्न भएको थियो ।

५१ जना स्रष्टा टोलीको सहभागिता रहेको उक्त पदयात्रामा ४८ जना स्रष्टाहरूले आ-आफ्ना रचना वाचन गरेका थिए । रचना वाचन कार्यक्रम तीन चरणमा सम्पन्न भएको थियो ।

सुनाकोठीस्थित बालकुमारी मन्दिर परिसरमा प्रतीक घिमिरेको संयोजनमा सम्पन्न पहिलो चरणको कार्यक्रममा स्रष्टाहरू शीतल गिरी, वसन्त रिजाल, माधव घिमिरे अटल, घनश्याम प्रसाईँ ,नानीबाबा अधिकारी, गोविन्द नेपाल, प्रोल्लास सिन्धुलीय, मधु पाठक, हिमा पौडेल, सुधा पोखरेल र माधवलाल श्रेष्ठको सहभागिता रहेको थियो ।

त्यस्तै, नवराज रिजालको संयोजनमा नाग दहमा भएको दोस्रो चरणको कार्यक्रममा वहाँलाई स्रष्टाहरू परशुराम पराशर, शारदा पराजुली, प्रतीक घिमिरे, डा.बालचन्द्र मिश्र, रूबि सत्याल, एन.बि.जनकपुरी, सुषमा आचार्य, पार्वता खनाल, गीता रेग्मी तथा उषा के.सी.ले साथ दिएका थिए।

त्यसैगरी, डा.बालचन्द्र मिश्रको संयोजनमा सन्तानेश्वर महादेव मन्दिर परिसरमा भएको कार्यक्रममा स्रष्टाहरू मन्दिरा मधुश्री, गङ्गाप्रसाद भेटवाल, अप्सरा ढकाल, हरिश कल्पित, लक्ष्मी मुडवरी, सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’, गङ्गा खतिवडा तथा विजया बस्नेतले आफ्ना रचना पाठ गरेका थिए ।

सोही अवसरमा अवसरमा सन्तानेश्वर मन्दिरका मुख्य पूजारी गङ्गा गौतमले सन्तानेश्वर महादेव मन्दिरको उत्पत्ति, स्थापना र धार्मिक महत्त्वका सन्दर्भमा संक्षेपमा प्रकाश पारेका थिए।

कल्पना आचार्यको संयोजनमा बज्रबाराही मन्दिर परिसरमा भएको चौथो चरणको कार्यक्रममा विमल अर्याल, जयराम बिंडारी, राजन पुडासैनी, विनोद नेपाल, बुद्धिसागर पौडेल, नवराज रिजाल, डा.शशि थापा पण्डित, डा.यादेवी ढकाल, विष्णु खनाल, शोभा पोखरेल, खुश्वु रिजाल तथा शान्ता देवकोटाले आआफ्ना रचना वाचन गरेका थिए ।

नानीबाबा अधिकारीको संयोजनमा सोही स्थानमा भएको कार्यक्रममा स्रष्टाहरू खोलाघरे साहिँलो,कल्पना आचार्य, एन्जेल निलु, पिँडालु पण्डित, प्रदीप सापकोटा, नवीन कार्की तथा गीता निरौला भण्डारीले रचना वाचन गरेका थिए ।

स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरीले संस्थाकाे उद्देश्य; विगतका गतिविधि लगायत पदयात्राका क्रममा वाचन गरिएका लेख रचना नियात्रा, यात्रा संस्मरणहरू प्रकाशन गर्दै आएको र भविष्यमा पनि प्रकाशन गर्दै जाने बताउँदै ८२ औं पदयात्रा औपचारिक रूपमा समाप्त भएको घोषणा गरेका थिए ।

”स्रष्टा पदयात्रा,नेपाल” को पदयात्रा कार्यक्रम प्रत्येक महीनाको पहिलो शनिबार नियमित रूपमा हुँदै आएको छ ।