कोभिड १९ ले नेपालमा त्यति धेरै क्षति नगरे पनि युरोपेली र उत्तर अमेरिकी क्षेत्रमा यसले व्यापक जनधनको क्षति गरेको छ । संयुक्त राज्य अमेरिकामा मात्र कोभिड १९ का कारण पाँच लाखभन्दा बढीको ज्यान गइसकेको छ । यो तथ्याङ्क अन्य देशको तुलनामा अति नै बढी हो ।

यतिबेला युरोपका बेलायत र अन्य मुलुकमा कडा किसिमको बन्दाबन्दी लगाइएको छ । मानिसहरू घरमै बस्न बाध्य छन् । यस्तोमा कलाकारहरू के सोचिरहेका छन् । वास्तुकलाका मर्मज्ञले कस्ता किसिमका सोच र सिर्जना पालिरहेका होलान् ? के अबका नयाँ वास्तु सिर्जनामा नयाँपन देख्न सकिएला ? यस्तै यस्तै विहंगम छलफल जूममार्फत भइरहेको देख्न सकिन्छ ।

हालै एउटा अनलाइन पत्रिकाले अबका दिनमा आउन सक्ने वास्तु डिजाइनका केही नमुना प्रस्तुत गर्दै कोभिड आतंकपछि पक्कै पनि डिजाइनमा फरकपना आउने अपेक्षा गरेको छ । आउनुस्, हामी पनि डिजाइनमा देखापरेका नयाँपन र ताजगीलाई अनुभव गरौँः