चीनमा भर्टिकल फरेस्ट सिटी बढ्न थालेको छ । इटालेली आर्किटेक्ट स्टेफनो बोएरीले यस किसिमको डिजाइन बनाएका हुन् ।
साढे चार हेक्टर क्षेत्रफलमा फैलिएको यो सहरी जंगल चीनको हुबेई प्रान्तको हुङगाङमा तयार पारिएको हो ।
१२ लाख जनसंख्या भएको यस क्षेत्र चर्चित कोरोना भाइरसको उत्पत्ति भएको क्षेत्र वुहानभन्दा ७० किमि पूर्वतिर पर्छ ।
यसअघि स्टेफनो बोएरीले इटालीको मिलान सहरमा यस्तै सहरी जङ्गल बनाएका थिए ।
चीनको यो सहरी जङ्गलमा अहिलेसम्म कुनै जङ्गली जनावर भने आकर्षित भएका छैनन् । यो घरमा ४०४ साना रूख राखिएको छ । यहाँ राखिएका रूखहरू पनि यसको उमेरअनुसार राखिएको छ ।
सबैभन्दा प्राचीन मानिएको रूख तल छ भने नयाँ नयाँ प्रजातिका रूखहरू माथिमाथि राखिएको छ ।
यो अग्लो घरमा ४ हजार ६ सय २० बुट्यान तथा २ हजार ४ सय ९ स्क्वायर मिटरमा घाँसहरू रोपिएका छन् ।
यस्ता घरले हरेक वर्ष ९ हजार टन कार्बन डाइअक्साइड सोस्ने अपेक्षा गरिएको छ । यसले सहरको वायुको स्तर बढाउने र कार्बन उत्सर्जनविरूद्ध लड्न सघाउ पुर्याउने अपेक्षा पनि गरिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।