बेइजिङको म्याड नामक कम्पनीले डिजाइन गरेको वार्महोल लाइब्रेरी निर्माण सम्पन्न भएपछि यसको डिजाइनका कारण चर्चित बन्न पुगेको छ ।
हाइकोस्थित समुद्र किनारमा रहेको यो पुस्तकालय थ्रिडी प्रिन्टेड मोडलमा निर्माण भएको हो । पछिल्लो समय थ्रिडी प्रिन्टिङ नवीनतम प्रविधि मात्र होइन, लोकप्रिय हुँदै आएको पनि छ ।
थ्रिडी प्रिन्टिङकै कारण यसमा प्रयोग भएका सिमेन्टका सामग्री, यसको सिलिङ, भुइँ र भित्ता एउटै सिंगो चिजबाट बनेको आभास दिन्छ ।
हेर्दा यो डल्लो आकृतिको र कतैबाट उज्यालो नछिर्ने देखिए पनि यसलाई बीचबीचमा किराले खाएको फलजस्तै दुलो पारिएको छ र त्यो दुलोबाट पूरा पुस्तकालयमा सो दुलोबाट आउने प्रकाशले पूरै उज्यालो बनाउँछ ।
दिउँसो उज्यालो दिने दुलोले राति समुद्र र आकाशको भव्यता देखाउने यसको डिजाइन कम्पनी म्याड आर्किटेक्टले जनाएको छ ।
यो पुस्तकालय यही वसन्त यामबाट खुल्ने योजना बनाइएको भए पनि कोरोनाभाइरसका कारण संसारै ठप्प भएपछि केही समय ढिला भए पनि निर्माण सम्पन्न भएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।