१.
कस्तो मौसम ! वल्लो टोल पल्लो टोल देखिँदैन
डाँडा, पाखा, भिर, कान्ला, टाँडी, घोल देखिँदैन
माछापुच्छ्रे, अन्नपूर्ण, सगरमाथाका के कुरा,
घर अगाडि ठडिएको बिजुलीको पोल देखिँदैन ।
२.
न बस्ने बास फेर्न सकिन्छ
न बाँच्ने आस फेर्न सकिन्छ
भ्रष्टाचार, दुराचारको डँडेलामा,
न लामो सास फेर्न सकिन्छ ।
३.
डडाए वन जङ्गल ! पानी तिमी दर्की आऊ
दोहनकारीका मती सुधार्ने सुनपानी छर्की आऊ
मानिसहरू तहमा आउँदै आएनन्, सुधार्न पर्यो,
कोरोना तिमी कहाँ छौ ? तुरुन्तै फर्की आऊ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ कार्तिक २०८२, शुक्रबार 









