रूखले बनाएको टनेल कला
कहिलेकाहीँ रूखले हेर्दैको लोभलाग्दो टनेल बनाउँछन् । संसारका उम्दा प्राकृतिक टनेलहरू हेर्दा जति मनोरम देखिन्छ, त्यति नै तिनले हामीलाई सोच्न बाध्य पार्छन्- कसरी यस्तो भयो होला !
आउनुस्, आज रूखले बनाएका प्राकृतिक टनेल वा दुलो अवलोकन गरौँ र बुझौँ कि वास्तवमा प्रकृति जत्तिको महान् कलाकार शायदै अरू कोही होला ।

पोइन्ट रेइस नेसनल सि सोर पार्क । यो अमेरिकाको क्यालिफोर्नियामा अवस्थित छ ।
अमेरिकाको हवाई राज्यको काउवाईस्थित मुख्य हाइवेको एक दृश्य ।
युक्रेनको क्लेभनस्थित यसलाई द टनेल अफ लभ भनेर चिन्नेहरू पनि छन् । यो ठाउँ युक्रेनमा कति प्रख्यात छ भने अधिकांश फिल्म र विज्ञापनमा यो ठाउँ देखिन्छ नै ।
उत्तरी आयरल्यान्डको बेलिमनी भन्ने ठाउँमा डार्क हेजेस इस्टेटका रूपमा यो चर्चित छ । १८ औँ शताब्दीमा रोपिएकत्र यो रूख यतिबेला टनेलजस्तो देखिन थालेको छ ।
युनाइटेड किङडमको वेल्समा रहेको बोडनान्ट गार्डेनको दृश्य हो यो । यो टनेल १८० फिट लामो छ ।
बेलायतको वेस्ट ससेक्सस्थित यो ठाउँलाई स्टेन स्ट्रिट भनिन्छ । यो एक समयको लन्डनबाट चिचेस्टर जाने प्रख्यात रोमनहरू हिँड्ने बाटो हो ।
लन्डनमा रहेको यो ठाउँलाई ब्रोडवाक भनिन्छ । यत्र पनि निकै लोकप्रिय ठाउँमध्येमा गनिन्छ ।
जापानको कावाची फुजी गार्डेनमा बनेको प्राकृतिक टनेल हो ।
यो चाहिँ दक्षिण अफ्रिकाको प्रिटोरियाको जकारान्डाले भरिएको ठाउँ हो । यसलाई प्रिटोरियाभन्दा पनि कतिपयले जकारान्डा सिटी भनी चिन्छन् ।