१ .
माहिला, साहिँला, काहिँला दिनदिनै मासिँदै छन्
जेठा / कान्छा खै किन विदेशतिरै भासिँदै छन् ?
फर्केर आउने नाम निसाना नै छैन पुरानो घारमा
चास्नीमा फसेका मौरीझैँ उतैतिर कतै टाँसिँदै छन् !
२ .
गाउँघर लभभग पुरै रित्तो छ
खासमा यथार्थ अलि तितो छ
हाम्रो भागमा आजसम्म पनि
यता भीर छ उता भित्तो छ !
३ .
घरमा नुहाएको कट्टु सुकाउँदैनथ्यो
ज्यान जाला गाईवस्तु फुकाउँदैनथ्यो
विदेशमा भेडा चराउँदै छ रे आजकाल
पानी पर्दा पनि बिस्कुन उठाउँदैनथ्यो !
सिन्धुली



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३ मंसिर २०८२, बुधबार 










