अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाउँदै आएका साहित्यकार दीपक प्याकुरेलको ५३ वर्षको उमेरमा निधन भएको छ ।
न्युयोर्कको एल्म हर्स्ट अस्पतालमा जण्डिसको उपचारका लागि भर्ना भएका प्याकुरेलको उपचारको क्रममा निधन भएको हो । स्वास्थ्यमा थप समस्या भएपछि उनलाई भेन्टिलेटरमा समेत राखिएको थियो ।
हेटौंडा स्थायी घर भएका उनका श्रीमती, एक छोरी र एक छोरा छन् । सन्तान तथा श्रीमतीका साथ उनी न्युयोर्कमा बस्दै आएका थिए ।
प्याकुरेलका अमेरिकी पृष्ठभूमिको ‘उवर’ र ‘१२ वर्षपछि’ नेपाली भाषाका उपन्यास र ‘द वेभ अफ लाइफ’ अंग्रेजी भाषाको उपन्यास प्रकाशित छन् ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला