पोखरा / गण्डकी साहित्य सङ्गम, पोखरा; साहित्य शृङ्खला, पोखरा; प्रलेस, कास्की र प्रलेस, गण्डकीले गत फागुन १६ गतेका दिन निधन भएका साहित्यकार डा. रविलाल अधिकारीको श्रद्धाञ्जली कार्यक्रम २०८० सालको वैशाख २ गते शनिबारका दिन संयुक्त रुपमा सम्पन्न गरेका छन् ।

उक्त श्रद्धाञ्जली कार्यक्रममा अधिकांश वक्ताले अधिकारीको जीवनी, व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए भने प्राज्ञ हरिदेवी कोइराला, पद्मराज ढकाल, नुमराज बराल, छविलाल आचार्य, सन्तोष पौडेल, लक्ष्मण गौतम, काजी गाउँले, अल्पविराम, ढाकामोहन बराल लगायतका स्रष्टाहरुले आआफ्ना गीतकवितामार्फत अधिकारीको सम्झना गर्नुभएको थियो ।

कार्यक्रममा स्रष्टा तथा द्रष्टा व्यक्तित्वहरू रघुनाथ अधिकारी, भवानीप्रसाद पाण्डे ‘भास्कर’, रामराज रेग्मी, गेहेन्द्रेश्वर कोइराला, प्राज्ञ नारायण मरासिनी, प्रा.डा. यदुनन्दन उपाध्याय, प्रा.डा. लक्ष्मीशरण अधिकारी, प्रा.डा. यमबहादुर पौडेल क्षेत्री, प्रा. तारानाथ बराल, प्रमाण अधिकारी, विकास लुङ्गेली, विजया सुवेदी, नारायण परिश्रमी, निर्मल सापकोटा, लीला पण्डित, शोभाकान्त गौडेल लगायतले अधिकारीको साहित्यिक योगदानको चर्चा गर्नुभएको थियो ।

गण्डकी साहित्य सङ्गम, पोखराका अध्यक्ष भीम रानाभाटको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत छविलाल सुवेदी, सञ्चालन यादवप्रसाद उपाध्याय र धन्यवाद ज्ञापन लक्ष्मी थापाले गर्नुभएको थियो ।