
चितवन निवासी चित्रकार प्रकाश थापालाई मातृशोक परेको छ । उहाँकी ९० वर्षीया आमा वेद्कुमारी थापाको बिहीबार साँझ निधन भएको छ ।
वि.सं. १९९० साल साउनमा सिन्धुपाल्चोकको आठघरेमा जन्मनु भएकी वेदकुमारी लामो समयदेखि भरतपुर-०४ चिवतनस्थित साइँला छोराका साथमा बस्दै आउनु भएको थियो ।
उहाँका ५ छोरा र एक छोरी हुनुहुन्छ । चित्रकार थापा कान्छो सन्तान हुनुहुन्छ । चित्रकार थापाका पिता नरबहादुर थापाको यसअघि नै निधन भइसकेको छ ।
चित्रकार थापा साहित्यपोस्टको फेसबुक पेजबाट प्रसारण हुँदै आएको कार्यक्रम “साहित्यवार्ता : स्रष्टा र सिर्जना” को भदौ १८ गते शनिबारको सातौँ शृङ्खलाका पाहुना समेत हुनुहुन्छ ।
विगत चार दशकदेखि चित्रकला र साहित्य लेखनमा चित्रकार थापा सक्रिय रहँदै आउनु भएको छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
