यत्रतत्र सर्वत्र हल्ला फैल्या छ,
कोरोनाको खोप आयो रे,
बाँच्ने आश बढ्या छ।
संसारले मुक्ति पाउला,
कोरोनाको कहरबाट।
विश्व व्यापार मौलाउला,
भ्याक्सिनको आगमनबाट ।

संसारलाई नै काबु पार्यो,
कोरोना भाइरसले
भ्याक्सिन अब तयार भयो
विज्ञानको साहसले
आशाको दियो बल्न थाल्यो,
भ्याक्सिनको आविष्कारले।

अर्थतन्त्र बन्द व्यापार,
ठप्पै पार्यो यहाँ
सामाजिक सदभाव पनि,
गुम्नै लाग्यो यहाँ
लक्डाउन र रेसट्रिक्सनले
पार्नु पार्यो सास्ती
संसारले भोग्नु पर्यो
सार्है ठूलो क्षति।

मान्छेदेखि मान्छे टाढा
के अवस्था आयो
भाइरसले संसारलाई
एकैचोटी खायो
कोरोनाको माहमारीले
धेरैको ज्यान लियो
जे होस् अब भ्याक्सिनले
आशा जगाई दियो, आशा जगाई दियो।

क्यालगरी, क्यानडा