साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

 मलाई मान्छे नभन

कविता

मैले दुइटा खुट्टा

सुरेन उप्रेती

टेकेर

bahulako diary small and inside post

लुखुर लुखुर हिँड्दा

अरूले तयार पारेको लगाएर

लाज छोपेर उभिएर

मेसिनजस्तै

ट्याउँट्याउँ बोल्दैमा

मलाई मान्छे नभन ।

 

थुतुनोमा रौँ पलाएपछि

खौरन जानेँ भन्दैमा

मेसिनले झैँ छाप्न र

छापिएको बोलाउन जान्दैमा

प्रोग्रामिङ गरेको रोबोटजस्तै

भीर पाखा चहारेँ भन्दैमा

मलाई मान्छे नभन ।

 

एउटा उन्माद राँगाले पनि

साना बाच्छा र बाख्राहरूलाई

सिङ रोपेर आन्द्रा निकाल्दैन

रिसाएको कुकुरले पनि

अरूका छाउराहरूलाई

निर्दयी भएर लुच्छदैन

सम्बन्धित पोस्टहरु

रगत तन्तनी पिउँदैन

म च्यूत भैसकेँ

पशु र कीरा भन्दा पनि

अझ धेरै तलको ।।

 

कुनै सोच, विवेक र करूणारहित

कलिला मुनाहरुमा नङ्ग्रा धसेर रमाउने

क्रूर र हिँस्रक जनवार भन्दा तुच्छ

प्रकृतिमा त्यस्तो कुन प्राणी होला र ?

मेरो मगजमा

कुनै सम्वेदना उम्रदैन भने

चेतना नभएर

माया ममता विवेक

शून्य छ मने

म कसरी मान्छे भएँ

कि त मान्छेको परिभाषा फेर

 

के गर्छौ यो एक्काइसौँ

शताब्दीको फलाको हालेर

कसैले पुस्तौँ अगाडि

रेकर्ड गरेर छोडेको क्यासेट जस्तो

अन गर्दा बर्बराउने मात्र भै सकेँ

भो मलाई मान्छे नभन।

 

अटवा, क्यानडा

प्रतिक्रिया
Loading...