साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

नेपालको क्षेत्रफल बढ्यो रे !

Chovar Blues Mobile Size

 

 

नपत्याउँ कसरी, पत्याउनु कसरी ? आधारै छैन मान्ने
बालसखा खेलेझैं देश पनि बढ़छ र ? इच्छा भो साह्रै जान्ने
विदेशमा रहँदा झन् धेरै माया, देशको छ हामीलाई
गदगद छौँ आज विदेशी भूमिमा रहेका साथीभाई
यो भन्दा ठूलो के हुन सक्छ गर्वको अनुभूत
साहसी कामको कदर गरौ मिलेर सब सपूत ।।

नक्सामा मात्र बढेको हो कि ? वास्तविकता मै बढेको हो ?
यकिन पाउन सरकार !
सही सूचना पाउने हाम्रो पनि हो दरकार !
पूर्वमा मेची पश्चिम महाकाली इतिहास बन्ने भयो !
गुमेको भूमि सम्झदै बस्ने जमाना अब गयो
घमण्डसाथ गाउनु पर्छ जय जय नेपाल
आजका दिनमा झन् ठूलो भयो हाम्रो देश विशाल ।।

नेपाल आमा तिमी हौ सच्चा गुम्दैन तिम्रो भूमि
सहेर बस्यौ यतिका वर्ष, गुमाएर मातृभूमि
थिचो र मिचो सहँदै बस्दा, यो गति हुन गो
गोर्खाली शानले ढिलै भएनी जमिन फिर्ता भो ।।

नक्सामा मात्र सीमित नहोस्, स्वामित्व ग्रहण होस्
कुटनीतिक पहल तुरुन्त थाली, सिमाना कायम होस्
इतिहास साक्षी बन्नेछ यसको सोचेर काम गरौँ
यही नक्सा सधैं कायम राख्न विवेक प्रयोग गरौँ ।।

तगाराहरू थुप्रै छन् अघि, सामना गरौँ मिली
तारवार हैन पर्खालै लगाऊ, देशवासी सबै मिली
सीमाको रक्षा सेनालाई दिउँ, चेकपोस्ट खडा गरी
सुन्न नपरोस् सिमा मिचिएको समाचार घरी घरी ।।

प्रतिक्रिया
Loading...