सञ्जालमार्फत बुद्धत्व
प्राप्ति हुने भए
दुःखको
निराकरणको लागि
जानु पर्थ्यो र बुद्धले !
छोडेर राजकाजलाई
त्यसैले यो सञ्जालको
वशीभूतमा परेर
आफ्नो असल स्वरुपलाई बिर्सेर
निराकार चैतन्यलाई
भुलेर
काल्पनिक
लाइकले बनेको
गुरुले
पनि क्षणिक
सन्तोष प्राप्तिको
गराउने रहेछ अनुभूति
परन्तु साँचो प्रज्ञा आर्जन
गर्नलाई
चिन्नु पर्ने रहेछ
अन्तस्करणबाट
आफ्नो ब्रह्मलाई
आफैँले
तर गरेका
छन् गुरु सहयोग
सञ्जालमार्फत
प्राकृतिक
आपत्ति विपत्तिमा पनि
तर आउने रहेछ
मुनाफा पहिला
यिनका व्यावसायिक घोषणापत्रमा

नभए यी दिमागलाई दिग्भ्रमित
गर्ने प्रचार प्रसारलाई
गर्नु पर्थेन होला दृष्टान्त
त्यसैले चिन्तित छन्
धेरै अभिभावक आफ्ना
मुनाका बारेमा
किनभने कति मुनाले
गुमाएका छन्
ज्यान भएरै
गलत झुन्डको
घातक सन्देशबाट आखेट
कोही निरीह माछाहरू पनि
यो एउटा सामाजिक बल्छीमा
फस्ने गरेका छन् ख्यालख्यालमै
जहाँ अनेकन् प्रकारका
आत्मपरक चाराहरू
फ्याँकिन्छ साँचो मित्रताको
नाममा
जहाँ को झुटो हो ?को साँचो हो ?
भनेर चिन्नलाई
केवल एप्स निर्मातालाई
पनि छैन थाहा अरे
जहाँ अञ्जानमा
व्यक्तिगत जिन्दगी
लिलाम भएको छ
संवेदनशील आन्तरिक
जीवनका घाउहरू
बिक्रीमा छन्
मुटुको धडकन
निद्राका प्रहरहरू
मेडिकल व्यवसायलाई
हुँदै छन् बेचबिखन
यो सित्तैमा
प्रवेश गराउन पाइन्छ
आफ्नो यन्त्रमार्फत
तर त्यसको बदला
के के सूचना ?
बेचिएको छ
धेरै अनभिज्ञ छन्
तर जे होस्
यो एउटा व्यवसाय नै पर्यो
पहिला नाफा त हुनै पर्यो
अरबौँ जरिवाना पनि
तिर्ने पैसा पनि छ
र यो खेल निरन्तर अगि
जाँदै छ
र जीवनको
एउटा सखा
भै सकेको छ
तर हाम्रो संस्कार
जोगाउने दायित्व
रहेछ हाम्रै माथामा
जब हामी हुन्छौँ सचेत
यसको गुण र बैगुण
रूपको बारेमा
हुन्छ पूर्ण ज्ञान
हामीलाई
यो गैर मुनाफा संस्था
रहन सक्दैन कहिल्यै
कति
मानिसलाई
एउटा गोपनीयताको
जीवनबाट बाँच्ने
हरेका छन् नैसर्गिक
अधिकारलाई
अनि कस्तो स्वार्थी ईर्ष्या
मिश्रित औषधि खिलाउँदो रहेछ
सञ्जालले
अरुले आफूलाई
फलो गर्न मिल्ने
रहेछ
तर आफूले कसैलाई
फलो गरेँ
गुलिभरसरह नै
बनाउने रहेछ
तर अतिथि देवता समान हुन्छन्
हाम्रो संस्कारमा
तर कोही त्यस्तो पूर्ण
नर र नारी होलान्
ईश्वरसरह
जसले शून्य फलोअरको
ताज पहिरेर
भएका छन् आत्मपरक जीवन
जिउन बाध्यात्मक आज
परन्तु यो
एउटा
व्यापार नभएर
मूल उद्देश्य
मानवता बनोस्
नाफाका
लागि समाचार
प्रेषित नहोस्
रहेछ यही नै अहंकारको बिजारोपण
यही नै बाँदर मनले
गरेको शासन हो
जसरी एउटा डाकाबाट
भएर परिस्कृत
भएका थिए
रामायण
आदिम काव्यका
धरोहर
महान् ऋषि वाल्मीकि
त्यसैले जसरी सबै
मानवको
आत्मा आकास सरी
निष्कपट हुन्छ
यो खराब असल मनको
भूतबाट उत्पत्ति भएको
दोषी चस्मा रहेछ
तर त्यो फ्रेम सदैब
कोमल हुन्छ
खाली ग्लास मात्रै
परिवर्तन हुने रहेछ
त्यसैले बुद्धुले जस्तै
सबैलाई गरौं प्रवेशद्वार
यो ब्लक र परमिटको
खेलले
हिराको चमकलाई
जति हिलो छ्यापे पनि
आउँदैन त्यसको चमकमा
ह्रास कहिल्यै
गरौं सबैलाई
स्वीकार
अनि एकदिन
एक प्रहर
जब मस्तिष्कबाट
हुने छ डाटाको
निराकरण
तब प्राकृतिक नादबाटै
आनन्दित हुनेछ मानव
जब स्वचालित हुन्छ
मस्तिष्क चेतनाको ऊर्जामार्फत
जसरी रहेछ यो सृष्टिकै मेरुदण्ड
जुन रहेछ अदृश्य कालो पदार्थ
जुन आँखाले नदेखिने रहेछ
तसर्थ पहिला आफूले आफूलाई
आफ्नो असल म को हु तँ
भनेर गरौं
चिन्ने प्रयत्न निरन्तर
बाँकी प्रकृतिले हेर्ने छन्
अनन्त कालसम्म ।

बर्तुङ्, पाल्पा
(हालः युके)