आज भोलि हरेक रात भिज्छ मेरो सिरानी
ती कलिला बालकबाट सिर्जित आँसुको कहानी
अरुलाइ धेरै जान्न खोज्दा, आफैँलाई बिर्सिएछु हरेक बिहानी

पहिला थियो त्यो विद्यालय
कलिला बालक रमाउने मैदान
भएको छ त्यो स्थल
आज कलिला मुनाको ज्यानको सुरक्षार्थ स्थल

थियो पहिले त्यो विद्यालय ज्ञानको भण्डार
अहिले भएको छ बैरीको अस्त्रको भण्डार
भयो दानब एउटा मानव, आफ्नै अहंकारले
गर्दैछ कलिला र निर्दोषको सम्हार अहिले

अहिले बिरामी छन लाखौं बालक भएर निर्बल
छैन यो हिउँदे बरफमा बेर्नलाई कम्बल

छैनन् कलिला बालकसँग खेल्नलाई सखा
बमका साइरनले त्रसित छ कलिला मुनाका छाती

रोएकी छन् घर्तीमाता आँशुका तरङ्गमा
एउटा तानाशाहको साँघुरो सोचाई र पागलपनमा

हुनु परेको छ विलिन लाखौं निरीह मानवले
यो घर्तिबाट सदा
ती कलिला मुना, सुतेका छैनन् प्रत्येक रात
कम्पित छन् कानका जाली साइरनको भयमा

बन्द गर्दै कानका द्वार
आफ्ना कलिला औँलाले
ब्युँझिएका छन् त्रसित भएर प्रत्येक रात
गाएका छन् शान्तिका गीत

गर्दै ईश्वरसँग गुहार
हे ईश्वर किन सुन्दैनौ कलिला मुनाको पुकार ?

अब एक भएर सम्पूर्ण विश्व
हुनेछ एक दिन मानवताको जीत अवस्य
र त्यो तानाशाहको हुनेछ पराजय सुनिश्चित
यो धर्तिबाट पतन सदाका लागि छ निश्चित

सुमन भट्टराई
बर्तुङ, पाल्पा
हालः युके