युद्धको कहालीलाग्दो रापले
जब बासस्थान जल्न थाल्यो
त्यहाँ एउटा निरीह बालकले
हाथमा कलमको सट्टा बन्दुकलाई
कलम बनाएर आफ्नै गुरुजीलाई
निशाना बनायो
तब मलाई भान भयो
गान्धीको अहिंशावादी चिन्तन मरेको रहेछ

मलाई लाग्न थाल्यो
अब सरस्वतीलाई पनि सितार कलमको सट्टा बन्दुक र गोलीका मालाले पूजाआजा गरिनेछ
कक्षाका कालो पाटीलाई एउटा निशाना केन्द्र बनेछ
जंगली वन्यजन्तु कति लडाकुका आहाराका लागि शिकार भएछ
बाँकी सधैंका लागि बन्दुकको त्रासले छिमेकी मुलुक पलायन भएछन्
सामुदायिक वन त, भोकै मारिएछन्
तिनका सखा अहिले तस्करका आहारा भएका रहेछन्
कृषिभूमि निर्जन मरूभूमि भएको रहेछ
धानका सुन्दर खेत र खलियान
उखुविरुद्ध युद्धमा भए बलिदान
देशमा निमुखाले उन्मुक्तिको आशाका बिउ तँ पाएँ पहिले
तर त्यो फूलबारी भएर फक्रन सकेनन् अहिले
त्यहाँ कुनै नजिर बिना शासन पनि चलाउँदा रहेछन्
हजारौं निरीह बालबच्चा युवा, वृद्धको रगतले
सिञ्चित भएको रहेछ मतृभूमि पहिले
एउटा दाम्लो हराएको भैँसी जस्तो भएको रहेछ
मातृभूमि अहिले भ्रष्टाचारी सदचारी भएर गरेका छन् शासन सदैव
तर मातृभूमिको मुटुलाई छियाछिया भएको रहेछ सदैव
कृषियोग्य जमिन गरेँ घडेरीमा नाश
अब चाहियो राष्ट्र बचाउन परमादेश
भएको छ देश दलालको धन कमाउने प्रदेश
भर्खर जन्मेको शिशु पनि ऋणको आसामी हुनु परेको छ प्रत्येक दिन
अब राष्ट्रको लक्ष्मीको ढुकुटी रित्तो हुँदैछ दिनानुदिन
भएका छन् कलकारखाना एउटा अस्थिपञ्जरमा
अनि उनका अंगभंग भएका छन् बेचबिखन कबाडी खानामा ।

बर्तुङ्,पाल्पा(हाल युके)