यो छोटो जिन्दगानी रहेछ साथी
जिउनु पर्छ रमाएर प्रत्येक पल पल साथी
यो मानव जुनी नै ईश्वरको वरदान हो

रहेछ दुःख सुख एउटा सांसारिक नियम साथी
रमाए हाम्रा पुर्खाले १००० वर्ष वर्फ युगमा पनि
जसरी शक्ति प्रदान गर्दछ सूर्यको रापले प्रत्येक जीवलाई साथी
त्यसैले आजको दिन भरपूर रमाएर जिउनु साथी
वर्तमानमा पूर्ण एकाग्रतामा जिउनु साथी
बग्दछ आनन्दको नदी त्यहाँ साथी
कसैलाई रिस, राग, ईर्ष्यालु नबनौँ
यो नै दुःखको तलाउ हो साथी

आफू पनी बाँच्नु अनि अरुलाई पनि खुशीले बाँच्न दिनु साथी
मानवता नै सुखको सुमद्र हो साथी
दुःखीको घाउमा मलम लगाउँदा हामीले
बस्दछ मन गएर आत्मामा साथी
अनि भान हुन्छ चरम आनन्दको साथी
मिलेर भोजन गरे सबै दुःखसुख आजै
त्यति खुशी हुन्छ आत्मा सधैँ

अरुलाई बनाए दुःखी
हुन्छ तीर प्रहार गरे सरी
तीर अपनाई आत्मालाई साथी
यो ज्ञान भए सबै मानवलाई साथी
कुभलो हुने कार्य गर्दैन थिए होला कसैले साथी

माया नै ईश्वर हो अनि मायाले नै मुक्ति दिन्छ साथी
खुशी हुन्छ हाम्रो आत्मा मानवताले सधैँ
यो माया दिवसमा
आफ्नो बुबाआमालाई पनि गरौँ माया सदैव
सबैभन्दा ठूलो सत्कर्म यो नै रहेछ साथी ।

 

(सुमन भट्टराई लामो समयदेखि बेलायत बसोबास गरिरहनु भएका नेटवर्क इन्जिनियर हुनुहुन्छ । बाल्यकालदेखि कविता लेख्न रूचि राख्ने भट्टराईलाई नोबेल एकेडेमी स्कुल पढ्दाताका तारानाथ शर्माले कविता लेख्ने हौस्याउने गर्नुहुन्थ्यो ।

उच्च शिक्षाका लागि बेलायत पुगेपछि लेखन कार्य ठप्प भएपछि भने साहित्यपोस्टमार्फत आफ्नो लेखन कार्यलाई अघि बढाउनु भएको छ ।)