रहेछ बुद्धका वाणीहरू
हिराको दिप्ति सरी
प्रमुदित गराउने रहेछ जति पढे पनि
दिलाउने रहेछ प्रकाश अँध्यारो मनलाई
रहेछ सुख सिकाउने दुःखी आत्मालाई
बनाउने रहेछ शान्त पागलप्रेमीलाई
गर्दछ स्थिरता प्रदान
अस्थिर चित्तलाई
रहेछ झस्काउने अन्तर आत्मालाई
रहेछ वायु समान यो निराकार सधैं
बस्ने रहेछ जाग्राम सधैं
रहेछ यो द्वारपाल सरी
रहेछ साक्षी सबै गतिविधिहरूको
हुँदोरहेछ यसको सक्रियता
जब हुन्छौँ आमाको गर्भमा
दिने रहेछ अक्सिजन रुपी अमृतहरू
त्यो पहिलो मुनाको चित्कारमा
हुने रहेछ यो क्रियाशील सदाबहार
हुनेछैन निवृत्त कहिल्यै
नसक्ने रहेछन् कुनै जीवले
ठगी गर्ने यसलाई
नसक्ने रहेछन् अण्डा पनि फक्रन
बिना यसको उपस्थितिमा

त्रिपिटकका सुनौला लिपिहरू अझै
हजारौ वर्षसम्म पनि भएका छन् जीवन्त सधैँ
पालना गरे सुत्त-पिटक र विनय- पिटकलाई सधैं
हुनेछन् सबै जीवनचक्रबाट मुक्त
गर्नेछन् यसको पालना दैनिकीमा
रहेछ सबै वेदको मूल सन्देश
आफूभित्र रहेको भगवानलाई
पर्नेछ खोजबिन सदैव
जब गर्नेछौ प्रश्न आफूलाई
म को हुँ ? भनेर
हुने रहेछ चेतनाको प्राप्ति सदैव
विलीन हुनेछ म शरीर हुँ भन्ने चेतना सदैव
सोध्नेछौ जब म मेरो शरीर होइन भनेर
खोज्नुपर्ने रहेछ उत्तर आत्मअन्वेषणमा
रहेछ यो एउटा शुद्ध जागरण
रहेछ साँचो शून्यता पनि
निहित रहेछ सबै वेदको एउटा वाक्यमा
रहेछ त्यो “म हुँ त्यो म हुँ” र “म ईश्वर हुँ।”
हुनु पर्नेछ स्थिर
रहेछ शरीरको भित्री भागमा
पाउने छौ ईश्वरको बास
गर्नु पर्नेछ खोजी सधैं
रहेछन् सेल्फको बास
हाम्रो शरीरभित्र सधैं
रहेछन् सबै मूर्तिहरू
ईश्वरका आकृतिहरू
सेल्फ कति अनेकन् तस्बिरहरू
भएको मानव चित्त अहिले
अन्धकार सुरुङ मार्गको यात्रा सरी
दिलाउने छ प्रकाश
रूपान्तरित गर्ने छ जीवनलाई
दिएर आनन्दको दियोहरू
त्यसैले जब सबै मनुवाले
गर्नेछन् प्रश्न आफ्नै विचारलाई
पाउने छौ जब म को हुँ ? भनेर
रहेछ पवित्र चेतनाको खोजबिनले
दिने रहेछ जीवन चक्रबाट मुक्ति सदैव
यो उदाउँछ जब सबै कर्म सेलाउँछ
जब सबै बास्ना अस्ताउँछ
यो शरीरको कात्रो पनि
हुनेछ विलिन खरानीमा
पोलिनेछ मसान घाटमा
अनि अमर छ एउटा कुरा
त्यो छ सबैको शरीरमा
यो छ सपनामा
छ विपनामा पनि
तर यो लुकेको छ
बस्ना र अहङ्कारको काँचुलीमा
त्यसैले गरौं खोजबिन आजै
रहेछ त्यो मणि हाम्रो शरीरभित्रै ।

 

बर्तुङ्, पाल्पा (हालः युके)