मानव एउटा पशुकै अंश भन्ने तीतो यथार्थता
नगर्दो रहेछ उसले स्वीकार्यता
जब आदम र हब्बाले आफ्नो शरीरलाई नियाले जनावरको रूपमा
भएका रहेछन् निराश पूर्ण रूपमा
रहेछ यति अभिमान आफ्नो बुद्धिमत्ताप्रति मानिसलाई
उसले खोजबिन गरेको हुँदोरहेछ आफैँलाई बनाउन अलग अस्तित्व आफूलाई
त्यसैले बुद्धले पनि शरीरमार्गमा गएर
यो शरीरलाई माया गरेर
प्राप्त गरेका रहेछन् निर्वाण
यो निर्वाणको पोर्टल यो मानव शरीर नै रहेछ
यहाँ प्रत्येक जीवात्मा चेतनाको फरक रूप मात्र रहेछन्
जसरी पानीमा बाँच्ने जीव बुद्धिमान भएदेखि
यो जल र थलको भिन्नताबारे अनभिज्ञ हुँदा रहेछन्
मानव एउटा बाकस सरी सधैँ
विचारको जेलमा कैदी बन्न चाहना गर्दा रहेछन् सधैँ
पहिलादेखि हजारौं साधकले आफ्नो शरीरलाई
अस्वीकृत गरेकाले मुक्ति नपाएका रहेछन्
जसरी आफ्नै शरीरलाई यातना दिएर
खोजी गरेका रहेछन् शरीर बाहिरी अनुभूति उनीहरू
शरीरबाट भाग्न खोजेर
आफ्नो शरीरलाई पीडा दिएर
मुक्ति मार्गबाट भागेका रहेछन् उनीहरू
तर शब्द एउटा ब्यानर मात्रै रहेछ दिमागमा
जसले पीडा जति बाँड्न खोजेर
झन् त्यो पीडा एउटा भाइरस भएर
बास गरेको हुँदोरहेछ शरीरमा
जब त्यो पीडादायी अनुभूतिलाई
आफ्नो शरीरबाट ग्रहण गरेर
त्यो पीडाको जेलबाट मुक्ति प्राप्ति हुँदोरहेछ ।
बर्तुङ्,पाल्पा
हालः युके
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।