
खोजेकी छिन् नेपाल आमाले एउटा सपुत मित्र
जस्ले गर्नेछन् निमुखाको हित
लूटमारको लाभाको रापले
सम्पूर्ण देश अस्थिर भएको छ मित्र
युद्धका आलो घाउले
रक्त्याम्य भएको छ नेपाल आमाको छाती मित्र
रोएकी छन् नेपाल आमा धुरुधुरु
भएर कुकर्मी र बेइमान आफ्नै सन्तानहरू मित्र
बनाएका छन् पीडित आफ्नै आमालाई मित्र
बाझो छन् गैरी खेतका कान्लाहरू
बनाई रित्तो बैकलका भकारीहरू मित्र
कौसीमा बसी डाको हाली
रोएकी छन् नेपाल आमा बेस्सरी मित्र
देखी देशको दुर्गति यसरी मित्र
यस्मा छैन कसैको अल्पमत मित्र
नेपाल आमाको थाल छ रित्तो मित्र
छैन आमाको मुखमा हाल्नालाई गाँस
डिँगा पनि काटेर खाने कस्तो रहेछ मति मित्र
दानव भएछन् आफ्नै सन्तति मित्र
आयो कस्तो यो धर्तिमा विघ्न बेथिति
साहूको ऋणको कान छ रित्तो आमाको मित्र
साउने झरीले चर्कियो घर्को भित्तो
मर्मतलाई पनि छैन डुंगा सस्तो मित्र
खोजेकी छन् नेपाल आमाले एउटा सपुत मित्र
जस्ले दिलाउने छन् दुःखबाट मुक्त
जस्ले गर्नेछन् देशद्रोही परास्त्र मित्र ।
बर्तुङ, पाल्पा
(हालः लण्डन, युके)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
