उसले सम्बन्धलाई अन्तिम ब्रेक लगाउँदै आफ्नो पर्सबाट प्रेमिकाको तस्बिर निकालेर टुक्राटुक्रा पारेर च्यात्यो र मस्त सँग निदायो ।
ती च्यात्तिएका टुक्राटुक्रा तस्बिरहरू एक-एक गर्दै दौडिँदै उसको मनको बाटो हुँदै मुटुनेर पुगे ।
एउटा तस्बिरको टुक्राले उसको मुटुमाथि मुड्की बजार्दै भन्यो, “लौ च्यात निस्ठुरी ! कसरी च्यात्छस् हेरौँ ! म तेरो मुटु मै टाँसिएको छु !”
अर्को तस्बिरको टुक्राले मुटु अँठ्याउँदै भन्यो, “मलाई जिउँदै मार्ने त पापी होस् ! लौ मार म तेरो मुटुको हरेक धड्कनभित्र पसेको छु ।”
ऐँठनले च्यापिएर ऊ झल्याँस्स ब्युँझियो र च्यात्तिएका ती तस्बिरका एक-एक टुक्राहरू समेटेर सम्बन्धलाई जोड्न थाल्यो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला