धेरै सम्झिन खाेजेँ, एमबिबिएस पढ्दा अन्तिम क्लास कसले लिनु भएको थियाे ? तर याद आएन । २०६४ तिरकाे कुरा भएर हाेला याद नभएकाे ।

फेरि सम्झिन खाेजेँ, एमपिएच पढ्दा अन्तिम सेमेस्टरमा ज्ञान बहादुर बस्नेतले अन्तिम दिन के पढाउनु भयाे ? तर याद आएन । २०७८ तिरकाे हो, बिर्सनु स्वाभाविक हो, बुझेँ ।

२-३ महिना अगाडि हाेला, परिवार महाशाखाले विराटनगरमा १ दिने तालिम गरेकाे थियाे । त्यसमा कस-कसले कुन-कुन विषयमा सहजीकरण गरेका थिए, सबै याद आएन । कति काेशिस गरे तर कुनै याद आएन ।

तर सानैमा एउटा नातेदारले सरापेको कुरा, एउटा भाउजूले थर्काएकाे कुरा अनि एउटा मिल्ने साथीले झुटो आरोप लगाएको कुरा भुल्नै सकेको छैन । त्यसले गर्दा त्यो नातेदार, ती भाउजू अनि त्यो साथीसँग बोल्नै सकेको छैन ।