बन्धनमुक्त छु म
स्वतन्त्र छु म
न दायाँ न बायाँ
न अगाडि न पछाडि
कहीँ कतै कुनै छेकबार छैन
पदचापलाई रोक्ने कुनै गजबार छैन
पवनझैं म वेगले दौडिन सक्छु
फूलझैँ आफ्नै खुशीले फुल्न सक्छु
कसले छेक्न सक्छ र मलाई ?
खोलीझैँ म कलकल गर्दै बग्न सक्छु
दिउँसै म सपना देख्न सक्छु
कल्पनामै म जून र ताराहरूलाई अँगाल्न सक्छु
मेरो लागि असम्भव भन्ने नै के छ र ?
दौडेर म पहाड नाघ्न सक्छु
बाँधिएको रहेछ हात मेरो
कुँज्याइएको रहेछ खुट्टा मेरो
रतन्धो नै नलागी रतन्धो लागेछ मलाई त
मैले देखेका सबै सबै सपनाहरू
मैले भोग्न चाहेका असंख्य विपनाहरू
केवल भ्रम मात्र रहेछ मेरो ।
०००
तरहरा
(सुन्सरी)
हाल: बूढानीलकण्ठ नगरपालिका



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३० जेष्ठ २०८३, शनिबार 










