नोबेल साकोस साहित्य संस्थाले काठमाडौँ बानेश्वरस्थित रत्न पुस्तकालयको सभाकक्षमा एक कार्यक्रमको आयोजना गरी पुस्तक लोकार्पण, पुस्तक विमर्श, स्रष्टा सम्मान तथा रचना वाचन र कवि गोष्ठी सम्पन्न गरेको छ।
डा. दामोदर पुडासैनी किशोरको प्रमुख आतिथ्यता र सरस्वती गौतम समृद्धिको सभापतित्वमा भएको सो कार्यक्रमको सञ्चालन राजनप्रसाद न्यौपाने र गीता अर्यालले गर्नुभएको थियो ।
संस्थाका प्रमुख संरक्षक पुष्प रन्जित, कृतिकारद्वय इन्द्रकुमार श्रेष्ठ सरित र छवि बैरागी, उप प्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली, प्राज्ञ चेतनाथ धमला, लोकमणि पौडेल ,चन्द्र श्री कार्की, गोपीकृष्ण प्रसाई, विजयध्वज थापा, सुरेश वैध, सुशील रिजाल, गणेश बाबु अधिकारी, राजेन्द्र वज्राचार्य, मधुसूदनप्रसाद अधिकारी, दुर्गा अधिकारी, निर्मलरमण पराजुली, तिलक लुइँटेल, महेश रिजाल, मणिराज सिंह लगायत अतिथि उपस्थित हुनुभएको थियो । उहाँहरूलाई अतिथि स्वागत विद्या अनामिका तिवारीले गर्नुभएको थियो ।
कार्यक्रममा ईन्द्रकुमार श्रेष्ठ सरित कृत तीन बालकृतिहरू बाटुली, मेरी छोरी मान्या र जूनतारा लोकार्पण गरिएको थियो भने कृति समीक्षा ज्ञाननिष्ठ ज्ञवालीले गर्नुभएको थियो ।
आफ्नो साहित्यिक यात्रा र विमोचित कृति बारे स्रष्टा इन्द्रकुमार श्रेष्ठ सरितले आफ्नो धारणा राख्नु भएको थियो । त्यसैगरी कवि छवि वैरागी घिमिरेकृत कृति किनारीकृत माइली माथि बिमर्श र पाठक प्रतिक्रिया पनि गरिएको छ ।
कृति माथि समिक्षा राजन न्यौपाने र लोकमणि पौडेलले गर्नु भएको उक्त कार्यक्रममा तीन दर्जन सर्जकहरुले रचना वाचन गर्नु भएको थियो। सोही समारोहमा स्रस्टाहरूको सम्मान पनि संस्थाले गरेको थियो। सम्मानित हुने स्रस्टाहरूमा- इन्द्रकुमार श्रेष्ठ सरित्, संरक्षकहरु पुष्प रन्जित र डा दामोदर पुडासैनी, समीक्षक ज्ञाननिष्ठ ज्ञावली र लोकमणि पौडेल, कृतिकार छवि बैरागी घिमिरे तथा स्रस्टाहरू रोमा लम्साल, एमपी पाण्डे हुनुहुन्थ्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।