छानो यही हो
मानो खाने भूमि नि यही हो
बाँच्ने यहीँ हो
मर्ने यहीँ हो
माटो हैन यो
बरु यो माया हो
यो भूगोल हो
तर यो भूगोल मात्र पनि हैन
यो सुरक्षा कवच हो
बाँच्नका लागि
सीमा र परिधि हो
यो परिचयको बन्धन हो
माटो
यो त परिचय हो
यो प्रतिष्ठा पनि हो
मानचित्रमा उभिएको
यो हाम्रो स्वाभिमान हो
एकताको परिचय र प्रतीक हो
विश्वको मानचित्रमा
यो सधैं स्वतन्त्र भूगोल
यही त मेरो गर्व हो
अभिमान हैन
यही त मेरो स्वाभिमान हो
पराइले मेरो माटो खोस्रिए पनि
मेरो मन दुख्छ
विचलित हुन्छ
माटोको रक्षाका लागि
मनमा
विरोधको लहर उर्लिन्छ
प्रतिरोधको अनल बालेर
विद्रोहको हुँकार गर्छ ।
0-0
तरहरा (सुनसरी)



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२६ कार्तिक २०८२, बुधबार 










