रजनीगन्धा सन् १९७४ मा रिलिज भएको हिन्दी चलचित्र हो। यस फिल्मलाई बासु चटर्जीले निर्देशन गरेका हुन्। यो चलचित्र प्रसिद्ध लेखक मनु भण्डारीको कथा “यही सच है”मा आधारित छ। यस फिल्ममा अमोल पालेकर संजीव बनेका छन् भने विद्या सिन्हा दीपाको भूमिकामा छिन् । यस्तै दिनेश ठाकुर नवीन बनेका छन् ।

रजनीगन्धा एउटा सरल प्रेमकथा हो । यसमा दीपाले दुई सुन्दर युवकहरू संजीव र नवीनबीच कसलाई छनोट गर्ने भन्ने दुविधा देखाइएको छ । फिल्मले प्रेम, निष्ठा र जीवनका प्राथमिकताहरूलाई सहज र यथार्थवादी तरिकाले प्रस्तुत गरेको छ। रजनीगन्धा फिल्मलाई मध्यमवर्गीय जीवनको भावनात्मक यात्राको रूपमा मानिन्छ। यसको कथा, पात्र, र दृश्यहरू सामान्य जीवनका समस्या र द्वन्द्वसँग जोडिएका छन्, जसले गर्दा यो चलचित्र दर्शकहरूलाई आफैँसँग जोड्न सफल भएको छ।

रजनीगन्धा

यो फिल्मले सर्वश्रेष्ठ चलचित्र (फिल्मफेयर क्रिटिक्स अवार्ड) जितेको थियो। पछि यसले भारतको राष्ट्रिय फिल्म पुरस्कार पनि जित्यो । यदि तपाईं भावनात्मक, यथार्थवादी र सुललित प्रेमकथामा रुचि राख्नुहुन्छ भने रजनीगन्धा हेर्नुहोस् ।