
नन्दिनी रामनाथ
२०२१ मा अक्षयकुमारका तीन फिल्म रिलिज भए । आउँदो वर्ष उनका चार फिल्म रिलिज हुने तर्खरमा छन् । हरेक फिल्म शुरू हुनुअघि उनको चुरोट चेतावनी अनिवार्य रूपमा आउने गर्छ ।
बलिउड यदि २०२१ मा एउटा अभिनेतामा निर्भर भयो भने त्यो अक्षय नै थिए । पहिले उनलाई खिलाडी भनेर चिनिन्थ्यो, खिलाडी अर्थात जसले चुनौती लिन्छ, जोखिम मोल्छ । उनी अहिले खेलाडी त भएका छन् तर अर्कै पाटोको । उनी यतिबेला व्यापारी भएका छन्, चुनौतीबाट भाग्ने व्यक्ति भएका छन् र एउटा रूढीवादी, संस्थापन पक्षमैत्री बन्न पुगेका छन् । उनी विवादमुक्त देखिन्छन् । उनका निर्देशकका लागि उनी नाफा दिने व्यक्ति भएका छन् । उनी शक्तिमा जो छ, जे छ उसैको भाषा बोल्छन् । सत्य के हो, त्यसतर्फ उनको कुनै लेनादेना छैन । यस हिसाबले चुनौती र खतरा नरूचाउनेका उनी आदर्श बन्न पुगेका छन् ।
वास्तवमा हामी अक्षय युगको थप्पडको एउटा गुञ्जनमा छौँ । यो युगले टडकारो रूपमा शून्य अपेक्षा, अवसरवाद तथा सुसंचयित स्मृतिका बारेमा बताइरहेको छ ।
गहिरोमा नगई पनि छिपछिपे दृष्टिले हेर्ने हो भने ५४ वर्षीय अभिनेता र निर्माता अक्षयको यी क्रियाकलापले हालको व्यवस्थालाई प्रस्ट पार्छ । उनी राष्ट्रवादी फिल्म (मुस्लिम जगतलाई जिस्क्याउने फिल्मका रूपमा बुझ्दा पनि हुन्छ)का एक प्रमुख अनुहार हुन् । क्यानडाको नागरिकता लिइसकेका सबैभन्दा बढी राष्ट्रवादी अक्षय भने पर्दामा तिरङ्गामा आँशु झारिरहेका हुन्छन् ।
सबै जना दुविधामा छन्, भारतीय झन्डा कहाँ छ ? एयरलिफ्ट फिल्म (२०१६) बाट एउटा दृश्य
[embedyt] https://www.youtube.com/watch?v=lwAngWP70Ik[/embedyt]
अन्य भारतीयले झैँ अक्षयले पनि आफ्नो गुणवत्ता प्रमाणित गरिरहनु पर्दैन । उनी पनि ‘पाकिस्तान गए हुन्छ’ भन्ने सुझाव (उनलाई चाहिँ क्यानडा गए हुन्छ भन्ने) सुझावबाट त्रस्त छन् । नरेन्द्र मोदीको शासनकाल पहिले उनले पेट्रोलको भाउ बढ्यो भनेर ट्वीटरमा कराउनु हुन्थ्यो । अहिले उनी चुप छन्, तर पेट्रोलको भाउ त्यो बेलाभन्दा कता हो कता चुलिएको छ । यो भाउका बारेमा जनाइरहनु पर्दैन किनभने यस्तो गर्यो भने भनिरहन पर्दैन, उनलाई क्यानडा फर्केर जा भन्ने सुझाव तुरून्त आउनेवाला छ । अक्षयकुमारले भारतलाई यही पुनर्निर्माणका लागि सहयोग गरेका छन् ।
२०२० मा अक्षयकुमारको कसैसँग पनि प्रतिस्पर्धा भएन । उनका सबैजसो प्रतिस्पर्धीहरू थलिइसकेका छन् । २०२० र २०२१ त उनका लागि फलिफापपूर्ण नै बन्यो । हृतिक रोशनको वार फिल्मपछि कुनै फिल्म आएको छैन। शाहरूख खानको २०१८ यता कुनै फिल्म रिलिज भएका छैनन् । जिरोले उनलाई शून्यमै झारिदिएको छ । २०२१ मा त उनको छोरो आर्यन लागु औषध मुद्दामा घेरिएपछि अझै केही वर्ष उनी उठ्न नसक्ने पक्का छ ।
२०१८ मा ठग्स अफ हिन्दोस्तानमा बातो बसेपछि आमिर खान पर्दामा देखिएका छैनन् । उनी २०२२ मा मात्र देखिनेछन्, लाल सिंह चढ्ढा फिल्ममार्फत । सलमान खानका राधेः योर मोस्ट वान्टेट भाइ र अन्तिमः द फाइनल ट्रुथ सिधै अनलाइनमा रिलिज भएपछि बक्स अफिस शक्ति मापन क्षय हुने भइहाल्यो ।
यतिबेला अक्षयको एक मात्र वास्तविक प्रतिस्पर्धी अजय देवगन हुन् । अक्षय र अजयबीच सबैभन्दा बढी राष्ट्रवादी नायकको पुरस्कार दिनु पर्यो भने कसलाई दिने भनेर दिनेलाई नै दुविधा हुनेछ । सन् २०२१ मा अजयको भुजः द प्राइड अफ इन्डियाले उनलाई त्यो अवसर छाडेर गएको छ । यस मामिलामा कुम्भकर्णे निद्राबाट रणवीर सिंह ब्युँझेका थिए, सूर्यवंशीमा, अजयसँगै । यसमा ८३ फिल्मले उनलाई पनि प्रतिस्पर्धीका रूपमा उभ्याएको छ ।
तान्डव वेब सिरिज बजारमा आएपछि सैफ अलि खान हिन्दुत्वको विवादमा घिसारियो । तान्डवका केही दृश्यमाथि केही राष्ट्रवादीलाई यति आपत्ति भयो कि जनवरीमा यसको प्रिमियर हुँदा भएको अचाक्ली विवादले भविष्यमा आउँदै गरेको आँधिको शुरूवाती चिह्न देखाइरहेको थियो । उनले करिना कपुरबाट जन्मिएको कान्छो छोरोको नाउँका कारण विवादमा पनि घेरिए ।
आइला रे आइला, सूर्यवंशी (२०२१)
[embedyt] https://www.youtube.com/watch?v=YnzN4DM0gAA[/embedyt]
यो अवधि कलाकार तथा निर्माताहरूका लागि आकार बदल्ने व्यस्त समय थियो । उनीहरूको व्यस्तता सरकारका भनाइ जस्ताको त्यस्तै वाचन गर्नु र इस्लामोफोबियालाई अझ दन्काउनु थियो । दुई किसिमका इन्डियनहरूमध्येबाट एउटा छनोट गर्नु सजिलो छ । सजिलो के छ भने अधिकांश जे छन्, जस्तो छन्, त्यसलाई मैमत्त भएर नियम कानुनलाई नमानी पछ्याउनु र अर्को चाहिँ आधिकारिक नीति तथा अनाधिकारिक नियमहरूबाट नियमित गराइनु ।
कस्मिरी उग्रवादीहरूको आवरणमा घरमा उब्जाइने गद्दारहरू, छिमेकी सुरक्षा निकायहरूलाई गरिने मनपर्दी गालीजस्ता कुराले केही हिन्दी फिल्मका निर्माताहरूले एउटा खतरनाक सन्देश प्रसारित गरिरहेका छन्, हेर भारतीय मुस्लिमहरू, तिमीहरू पनि शंकाको घेरामा छौ ।
यस किसिमको प्रस्ट विभाजन अचेल हिन्दी फिल्म उद्योगमा दुई भागमा विभक्त देखिन्छन् । एउटा पक्का विश्वासी र संशयवादी । वास्तविक विश्वासीहरू केही कुरामा प्रश्न गर्दैनन् । संशयवादीहरू भने प्रश्न उठाउँछन् । पक्का विश्वासीको समूहमा छिन्, कंगना रनावत । अक्षयकुमार जे कुरा लुकेर प्रचार गर्छन्, त्यही कुरा खुला रूपमा हिन्दुत्वको प्रचारमा कंगना हुन्छिन् । उनका भनाइलाई कुनै चिनीको चास्नी लगाइरहन उनी आवश्यक देख्दिनन् । उनी किसान कानुनको कुरा होस् या बेलायती स्वतन्त्रताको पक्षधरको कुरा होस् । उनले किसानलाई खलिस्तानी आतंकवादी भनेकी थिइन् र जुन स्वतन्त्रताको कुरा गरेकी छन्, त्यो बेलाभन्दा मोदी शासन कुनै कममा स्वतन्त्रता खोज्न लायक बनेको छैन ।
लामो समयपछि सन् २०२१ मा कंगनाको थलइवी (दक्षिण भारतीय राजनीतिज्ञ जय ललिताको जीवनीमा आधारित फिल्म) रिलिज भएको थियो । नत्र त हामीले कंगनाको युग पनि देख्नु पर्थ्यो ! कि अझै उनको युग आउनै बाँकी पो हो कि ? यदि हो भने हामीले अक्षय युग र कंगना युगबाट कसरी उम्कने होला !
(स्क्रोल डट इनमा प्रकाशित लेखको स्वतन्त्र अनुवाद ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

