यो अँध्यारो निर्जन
तर
जोकोहीको पनि
एक तास फोटो खिच्नुलाई
मुस्कान भरिन्छ।
हरेक रात कसरी बिताउँदो हो ?
हरेक दिन के देखिँदो हो ?
त्यो सानो आँखीझ्यालबाट !
अनकन्टार कुनाबाट
उज्यालो मुस्कान पर्खन्छन् सबै ।
सत्यको खोल ओढेर
झुटा पाइलाहरू लम्किन्छन्
कुमारीकहाँ ।
तर
रजस्वलापछि भगवान् फेरियो ।
अनि मात्र थाहा पाइन्
उनी भगवान् थिइन् ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 




