
कावेरी बमजइको नयाँ पुस्तक थ्री खान्स एन्ड द इमर्जेन्स अफ न्यु इन्डिया
शाहरूख खान, सलमान खान र आमिर खान, बलिउडका यी तीन सुपरस्टारमा के के कुराको समानता होला ?
यी तीन खान त हुन् नै जन्मिएको वर्ष पनि एउटै हो, अर्थात् १९६५ ।
यसको अतिरिक्त यी तीनै जना खानले तीन दशकयता सुनौलो पर्दामा आफ्नो उपस्थिति कसैगरी कम हुन दिएका छैनन् ।
जब फिल्म उद्योगमा यी तीन खानले आफ्नो संघर्ष शुरू गरिरहेका थिए, त्यो बेला भारत आधुनिकीकरण, राम मन्दिरको समस्या र आर्थिक सङ्कट अर्थात् द बिग बुल बस्टको अवस्थामा पुगेको थियो ।
यस्तो अवस्थामा तीनै खानले बलिउडमा कस्तो संघर्ष गर्नुपर्यो र कसरी यिनले आफ्नो ठाउँ बनाए भन्ने विषयमा आधारित रहेर वरिष्ठ पत्रकार कावेरी बमजईले आफ्नो नयाँ किताब द थ्री खान्स एन्ड द इमरजेन्स अफ न्यु इन्डिया लेखेकी छन् ।
आधुनिकता, संस्कार र अर्थव्यवस्था
सन् १९८८ मा यी तीन खानले अभिनयमा करियर शुरू गरिरहँदा भारतमा एउटै च्यानल थियो, एउटै टेलिभिजन सेट हुने गर्थ्यो, एउटै टेलिफोन तथा सिंगल थिएटरजस्ता कुरा हुने गर्थे । समयक्रमसँगै उनीहरूको करियर पनि परिवर्तन भयो, सँगसँगै भारत पनि परिवर्तन भयो ।
दिलवाले दुल्हनियाँ ले जाएंगे, मैंने प्यार किया र कयामत से कयामत तकलाई नियालेर हेर्ने हो भने यी सबै फिल्ममा असल प्रेमी, असल पति, असल छोरोका रूपमा उनीहरू देखिन्छन् र पर्दामा मध्यम वर्गीय मूल्यलाई मज्जाले उनीहरूले बाँचेका छन् ।
विजयको ठाउँमा राज र प्रेम
पहिलेका फिल्ममा गाउँका समस्या हुन्थे । समाजमा भइरहेका अन्यायको बदला र गरिबीजस्ता कुरा देखाइन्थे । समयसँगै धेरै कुरा बद्लिए, दिल मांगे मोरमा जोड दिन थालियो ।
९० को दशकमा आइपुग्दा राम्रो खाना, राम्रा लुगा र संसार घुम्ने चाहना बढ्न थाल्यो । मानिसहरू स्वीट्जरल्यान्ड घुम्न जाने सपना देख्न थाले र त्यो सपना फिल्ममार्फत पूरा हुन थाल्यो ।
भारतमा निजीकरण र खुलापन बढेसँगै सूचना प्रविधिमा फड्को मार्न थाल्यो । त्यही बेला कल सेन्टर खुल्न थाले । विल्ममा विजयको चरित्र प्रेम र राजमा परिवर्तन हुन थाल्यो । शहरीकरणले एक किसिमको खुसी र खुलापन ल्याइरहेको थियो । मानिसहरू एक ठाउँबाट अर्को ठाउँ जागिरका लागि जान थालेका थिए ।
बिस्तारै गाउँ र गरिबीजस्ता कुरा ठूलो पर्दाबाट विस्थापित हुन थाल्यो । फिल्ममा ८० को दशकमा जुन आक्रोश देखिएको थियो, त्यो आक्रोश मत्थर हुँदै जान थालेको थियो । यदि सिनेपर्दामा आक्रोश र रिस देखिन्थ्यो भने पनि त्यो अमिताभको कुल्लीजस्तो थिएन बरू शाहरूखको बाजीगर, अञ्जाम या डरजस्ता थिए अर्थात् आक्रोश र रिस, बदलाजस्ता कुरा सामाजिक र राजनीतिक नभई निजी कुरामा परिणत भइसकेका थिए ।
नायकको गितार र नायिकाको घोडा

कभी हाँ, कभी ना फिल्ममा शाहरूख खान
८० को दशकको उत्तरार्धमा जब लोकप्रिय हिन्दी सिनेमा भिसिआरको आँधीले हल्लिरहेको थियो, यी तीन जना खानले पूरै परिवारलाई सिनेमा हलमा पुनः फिर्ता ल्याउन थाले ।
कयामत से कयामत तक, मैंने प्यार किया र दिवानाजस्ता फिल्मसँगै आएका हुकुमत र तेजाब जस्ता फिल्मका बाबजुद पनि आमिर खानको क्युट नायक छविलाई दर्शकले स्वीकार गरे ।
जब आमिर खानले पापा कहते हैं बडा नाम करेगा गाउन थाले, त्यो उनले एउटा नयाँ पिँढीका लागि गाइरहेका थिए । त्यो पिँढीले धर्मेन्द्र या अनिल कपुरका चरित्रसँग आफूलाई गाँस्न सकिरहेका थिएनन् । त्यसैले उनीहरूले आफूलाई आमिर खानसँग जोडिनु नजिक लाग्यो ।
यस्तोमा त्यो पिँढीले नायकले गितारमा हात चलाएको र नायिकाले घोडामा सवार भएको दृश्यसँग बढी अपनत्व महसुस गर्न थाल्यो ।
शाहरूखको खतरा

शाहरूखको निवास मन्नत छेउमा एक झलक हेर्न चाहने प्रशंसकहरूलाइ अनुहार देखाउँदै
कावेरी बमजईले तीस वर्षको पत्रकारिता करियरमा तीनै जना खानलाई नजिकबाट नियाल्ने मौका पाइन् ।
उनलाई ती तीन खानमध्ये कसको यात्राले बढी छुँदो हो ? उनी भन्छिन्, सलमान खान र आमिर खान दुवै फिल्म उद्योगसँग जोडिएका र बुवा फिल्ममै काम गर्ने भएकाले उनीहरूका लागि त्यति ठूलो चुनौती थिएन । बाहिरबाट आएका शाहरूखका लागि ठूलो चुनौती थियो ।
अमिताभ बच्चन कोलकाताबाट आएका थिए तर उनको एउटा बेग्लै ध्वाँस थियो । उनी इन्दिरा गान्धीका साथीका छोरा हुन् भन्ने सबैलाई थाहा थियो । तर शाहरूख खानको यो उद्योगमा कोही पनि थिएन । उनी आफ्नो प्रतिभा बोकेर आएका थिए, अरू केही थिएन ।
टेलिभिजनमा राम्रो काम गरे, त्यसपछि फिल्ममा आए । उनले ती फिल्ममा काम गरे, जसलाई सलमान र आमिरले अस्वीकार गरेका थिए । बाजिगर सलमान खानलाई शुरूमा दिइएको थियो तर उनले अस्विकार गरेका थिए ।
त्यस्तै डर फिल्ममा आमिर खानले खेलून् भन्ने निर्देशकको चाहना थियो तर उनले पनि अस्वीकार गरे । त्यसपछि यो भाग शाहरूखको पोल्टामा झर्यो । शाहरूखले जीवनमा जोखिम मोले ।
शाहरूख खानले बलिउडमा पञ्जाबी, हिन्दु क्लबले सघाए । यश चोपडा, यश जोहर, आदित्य चोपडा, करण जोहरका कारण उनी पोस्टर ब्वाई बन्न पुगे ।
धेरै गल्ती, उत्तिकै फ्लप फिल्म

१९९३ मा रिलिज भएको फिल्म हम है राही प्यार के मा जुही चावलाका साथमा आमिर खान
आमिर र सलमान दुवैको परिवार फिल्म पृष्ठभूमिको थियो तर पनि उनीहरूका लागि भविष्य चुनौतीपूर्ण नै थियो ।
आमिरका पिता हिन्दी फिल्म उद्योगमा कहिल्यै सफल भएनन् । उता सलमानका पिता सलिमले लेखकका रूपमा ज्यादै ठूलो नाम बनाए पनि उनको हैकमै चल्ने अवस्था भने थिएन ।
त्यसैले पहिलो फिल्ममा काम पाउन पनि निकै ठूलो संघर्ष गर्नु पर्यो । तीनै जनाले पहिलो सुपरहिट फिल्म दिएपछि यति धेरै गल्ती गरे कि लगातार फ्लप फिल्मको बाढी नै आयो ।
थर बदल्ने दिन गए

सावन कुमारद्वारा निर्देशित फिल्म चाँद का टुकडा फिल्ममा श्रीदेवी र सलमान खान
एक समय हिन्दी फिल्म उद्योगमा युसुफ खानले सार्वजनिक रूपमा आफ्नो नाम नै परिवर्तन गर्नु पर्थ्यो र दिलिपकुमार बन्नु पर्थ्यो ।
अहिले भने कसैले पनि आफ्नो धर्म र जातिका आधारमा थरै परिवर्तन गर्नु पर्दैन । तपाईं खान हो भने त धर्म ठूलो फ्याक्टरका रूपमा रहिरहन्छ ।
अहिलेको समय पहिचानको राजनीतिको समय हो । यसमा धर्म, जाति र लिङ्गजस्ता पहिचानका कुरा जरूरी भइसके । तर यी तीनै जनाले यस्ता कुरामा आफूलाई टाढै राखे । आमिरकी पत्नी हिन्दु थिइन्, शाहरूखकी पत्नी हिन्दु हुन् । दुवैले दुवै धर्मलाई आफ्नैजस्तो मनाइरहे ।
शाहरूख र आमिरले जस्तै सलमानका पनि हिन्दु मुस्लिम दुवै धर्मका प्रशंसकहरू छन् । पढेलेखेका सफल मानिस र काम गरिखाने वर्ग दुवैले सलमानलाई पनि मन पराए ।

खामोशी दि म्युजिकल फिल्मको पोस्टरमा सलमान खान, मनीषा कोइराला र नाना पाटेकर
यी तीनै जनाले आम मानिसलाई सिंगल थिएटरबाट निकालेर मल्टिप्लेक्समा लैजान भूमिका खेले । खानहरूको समयमा सिल्भर जुबली र गोल्डेन जुबलीको सोच बिस्तारै हराउन थाल्यो ।
चर्चित फिल्म ट्रेड एक्सपर्ट आमोद मेहराको विचारमा यी तीन खानको सफलताको श्रेय फिल्मी संगीतको चयनलाई पनि दिइनु पर्छ । अर्कातिर एक किसिमका कलाकारहरू एक्सन हिरो भइरहेका थिए भने यी तीनै जना भने रोमान्टिक हिरोको छविका साथ पर्दामा देखिए । र, तिनको त्यो छविलाई फिल्म संगीतले ठूलो भूमिका खेल्यो । तिनका संगीत यति दमदार थियो कि गीतसंगीतले नै मानिसलाई हलसम्म तानेर ल्यायो । युवाहरूलाई रोमान्टिक फिल्म मन पर्न थाल्यो र तिनले यही पिँढीलाई ध्यानमा राखेर फिल्म बनाउन र खेल्न थाले ।
यतिबेला कोरोना भाइरसका कारण संसारभरि फिल्म हेर्ने प्रचलनमा केही परिवर्तन देखापरेको छ । मान्छेहरू मोबाइलका ओटिटी प्लेटफर्ममा अभ्यस्त हुन थालेका छन् । आमोद मेहरा भन्छन्, आमिरले आफ्नो छवि बेग्लै बनाएका छन् । उनी अचेल पात्रमुखी फिल्ममा देखिन थालेका छन् । दंगल त्यसको उदाहरणा हो । उनी कथाप्रधान फिल्ममा देखिनेछ । सलमान र शाहरूख खानले भने एक्सन र रोमान्टिक छविबाट निस्किएर केही नयाँ गर्नुपर्ने आवश्यकता देखिन्छ नत्र त उनीहरूलाई पछि गाह्रो हुनसक्छ ।
३० वर्षदेखि दर्शकलाई मनोरञ्जन गराइरहेकाले उनीहरूको ब्रान्ड यति सशक्त छ कि दर्शकहरू उनीहरूलाई हेर्न अझै पनि आउनेछन् तर पहिलेको तुलनामा अब उनीहरूलाई अलि गाह्रो चाहिँ अवश्य हुनेछ । उनीहरूले आफूलाई केही बेग्लै किसिमले प्रस्तुत गर्नु जरूरी हुन्छ । केही नयाँपन चाहिँ उनीहरूले ल्याउनु नै पर्ने हुन्छ ।

करण अर्जुन फिल्ममा सलमान र शाहरूख

होली फिल्ममा टोपी लगाएका जुँगे आमिर खान, फुटबल समात्ने आशुतोष गोवारीकर तथा अन्य

फिल्म तारे जमिन परको एक दृश्य

सावन कुमारद्वारा निर्देशित फिल्म चाँद का टुकडा फिल्ममा श्रीदेवी र सलमान खान




यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










