डिसेम्बर २९ भारतीय फिल्मका प्रथम सुपरस्टार राजेश खन्नाको जन्मदिन हो । १९४२ मा उनको जन्म भारतको अमृतसरमा जन्म भएको थियो । आज हामी उनै सुपरस्टार खन्नाका बारेमा केही कुरा र उनी अभिनित सुन्दर फिल्मको बारेमा चर्चा गर्नेछौँ ।
मुम्बईको बान्द्रामा राजेश खन्नाको घर आशीर्वाद थियो । उनको निधनपछि उनको त्यो घर भत्काएर ठूला ठूला भवन बनाइयो । तापनि मानिसहरू राजेश खन्नाको घर यहीँ थियो भनेर हेर्न आउनेको कमी थिएन ।
त्यो घर छेउमा लामो समयदेखि नरिवलपानी बेच्ने हुन् या छेउछाउ नियुक्ति पाउने प्रहरी, उनीहरूलाई नयाँ मानिसलाई नयाँ नयाँ कथा सुनाउँथे कि कसरी यो ठाउँमा पहिले भिडभाड हुन्थ्यो, केटीहरू कसरी राजेश खन्नाको एक झल्को पाउन मरिहत्ते गर्थे !
कहिलेकाहीँ त यति धेरै युवतीहरूको बबाल गर्थे कि प्रहरी नै बोलाउनु पर्थ्यो । जब प्रहरी आउँथ्यो, ट्राफिक जाम हुन्थ्यो । उनको जन्मदिनको बेला अर्थात् डिसेम्बर २९ का दिन उनलाई शुभकामना दिन दुई किलोमिटरसम्म कारैकारको लस्कर हुन्थ्यो ।
उनका कार कतै निस्कियो भने त्यसलाई छल्न गाह्रो हुन्थ्यो । युवतीहरू कार चुम्न थाल्थे । कोही त हदै गर्थे, खन्नाको तस्बिरसँगै बिहे गरिदिन्थे ।
उनको निधन सन् २०१२ जुलाई १८ मा हुँदा यति १० लाखभन्दा बढी मानिसहरू मलामी गएका थिए । मलामीको त्यो संख्या त्यो बेलासम्म कसैले पनि देखेको थिएन ।
उनको जन्मदिनमा पनि यति धेरै फूल, बुकेहरू देखिन्थे कि घरमा राख्ने ठाउँ हुँदैनथ्यो ।
अझै पनि उनको फिल्म आनन्दको एउटा सुन्दर संवाद उनैलाई सम्झेर लेखिएको हो कि झैँ लाग्छ । आनन्दमा भन्छन्, जिन्दगी बडी होनी चाहिए, लम्बी नहीँ । वास्तवमा लामो जिन्दगी होइन, जिन्दगी त ठूलो, भव्य हुनुपर्छ ।
आउनोस्, आजको दिन उनको जन्मदिनको स्मृतिमा उनको सुन्दरतम् फिल्म हेरौँः



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










