नेपालमा पठन संस्कृतिको विकासका लागि गठित फेसबुकको समूह बुकाहोलिक्सले शुरू गरेको लकडाउनमा स्रष्टासँग साक्षात्कार कार्यक्रमको पचासौँ साक्षात्कार पूरा गरेको छ।

बन्दाबन्दीका अवस्थामा थुनिएर तनावयुक्त जीवनलाई सिर्जनशील बनाउने, आफ्नो रूचिका विषयलाई समय दिने अवसरका रूपमा पनि प्रयोग गर्न सकिने एउटा उत्तम उदाहरणका रूपमा बुकाहोलिक्सको स्रष्टासँग साक्षात्कार कार्यक्रम बन्न पुगेको छ।

यस अवसरमा बुकाहोलिक्सकी संयोजक सगुना शाहले यस समूहको स्थापनाकालदेखिको संघर्षलाई स्मरण गरेकी छन्।

उनले भनेकी छन्, ‘ठूलो सपना देख्ने मान्छे म होइन र साना साना कामबाट खुसी बटुल्ने व्यक्ति भएकीले हामीले गरेको पठन संस्कृति निर्माणका लागि सानो पहलले आजका दिनसम्म आइपुग्दा महत्त्वपूर्ण भूमिका खेल्न सकेकामा सन्तोष लागेको छ।’

उनले चकटी बहस शुरू गर्दाका दुःख र यसले लिएको उचाईसँगै पछिल्लो समय स्रष्टासँग साक्षात्कारका लागि शुरूवाती दिनमा लेखक मोहन मैनाली, कवि मनु मञ्जिललाई उनीहरूले दिएको हौसलाका लागि स्मरण गरेकी छन्।

यस्तै सरिता भट्टराई, अमृता लम्साल, हरिमाया भेटवाललाई पनि सहयोगका लागि धन्यवाद दिएकी छन्।

यसैगरी देशविदेशबाट पाएका प्रतिक्रिया र सद्भावप्रति पनि उनले कृतज्ञता व्यक्त गरेकी छन्।

गएको अप्रिल १७ मा लेखक मोहन मैनालीबाट सुरु भएको स्रस्टासँग साक्षात्कार जुन ५ मा आइपुग्दा ५० जना स्रस्टाहरुको साक्षात्कार पूरा भएको छ ।

साक्षात्कारमा लेखकहरुले आफ्नो सृजनाको अंश वाचन गर्ने तथा लेखनका सिलसिलामा आफूले प्राप्त गरेको अनुभवहरु सुनाउने गर्छन् । अहिलेसम्म साक्षात्कारमा सहभागी लेखकहरू यस प्रकार छन्ः

मोहन मैनाली
मनु मन्जिल
रमेश सायन
अमृता लम्साल
बिपुल सिजापती
अनुपम पोख्रेल
सरिता भट्टराई
केशव सिग्देल
निस्प्रभ सजी
हरिमाया भेटवाल
कृष्ण धरावासी
खिमा रिजाल
भीष्म उप्रेती
चन्द्र कटुवाल
युवराज नयाँघरे
राजा पुनियानी
ईश्वर कँडेल
एलबी क्षेत्री
जीवा लामिछाने
सरस्वती प्रतिक्षा
नवीन विभास
नीलम कार्की
भूपिन खड्का
अमोददेव भट्ट
आश्विनी कोइराला
नयनराज पान्डे
छुदेन काबिमो
बिमला तुम्खेवा
प्रज्ज्वल पराजुली
विप्लव प्रतीक
वसन्त पराजुली
उषा शेरचन
अविनाश श्रेष्ठ
रवीन्द्र समीर
मोमिला जोशी
अनन्त अनुराग
रमेश क्षितिज
बालिका थपलिया
महेश पौडेल
दुर्गा कार्की
मनोज बोगटी
नवीन क्षेत्री
स्वप्निल स्मृति
नवराज पराजुली
सरिता तिवारी
तीर्थ श्रेष्ठ
भूमिका श्रेष्ठ
राधा पौडेल
सौरभ कार्की
समा श्री

साहित्यपोस्ट डट कम बुकाहोलिक्सलाई यो यात्राका लागि बधाई ज्ञापन गर्दछ । साथै, आगामी यात्राका लागि शुभकामना व्यक्त गर्दछ ।