काठमाडौं । २०११ देखि सञ्चालन हुँदै आएको समूह बुकाहोलिक्स अब औपचारिक रूपमा संस्थागत रूपमा अघि बढेको छ। लामो समयदेखि अनवरत सक्रियतासहित समूहलाई अगाडि बढाउँदै आउनुभएकाे सगुना शाहको नेतृत्वमा बुकाहोलिक्स फाउण्डेसन दर्ता भएको हो।
बुकाहोलिक्स अब नाफा बाढ्न नमिल्ने फाउण्डेसनको रूपमा आधिकारिकरूपमा कम्पनी दर्ता नं. ३७८६३४ अन्तर्गत दर्ता भएको छ। फाउण्डेसनको अध्यक्ष सगुना शाह रहनुभएकाे छ त्यस्तै उपाध्यक्ष गणेश कार्की, सचिव कर्मठ सुवेदी, कोषाध्यक्ष मोहित जोशी, सदस्यहरूमा सञ्जित भारती, मनिसा श्रेष्ठ, अर्जुन निरौला रहनुभएकाे छ
अहिलेसम्म पठन–साहित्यको प्रवर्द्धन र कार्यक्रम सञ्चालनमा सहयोग गर्ने सबैसाथीप्रति बुकाहोलिक्सले आभार व्यक्त गरेको छ। नयाँ संरचनासँगै संस्था अब थप विस्तार र दिगोपनका लागि काम गर्दै जाने योजना बनाएको छ।
बुकाहोलिक्सले नेपालको पठन संस्कृतिलाई मजबुत बनाउन निरन्तर कार्यक्रम, अभियान र सहभागितामार्फत् योगदान दिने लक्ष्य राखेको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 










