प्रसिद्ध अंग्रेजी भाषी उपन्यासकार ग्रेटा राणाको उपन्यास ‘गोस्ट्स इन द ब्याम्बो’ सार्वजनिक भएको छ ।
ललितपुरस्थित होटेल शालिग्राममा आयोजित कार्यक्रममा डा. हेमाङ्ग दीक्षित, डा. मधु घिमिरे र लेखक राणाले उपन्यास लोकार्पण गर्नुभयो ।
उपन्यासका बारेका लेखक तथा अनुवादक सगुना शाहले लेखकको निजी जिन्दगीसँग मिल्दाजुल्दा पात्र एलिनोर किटिभेनी मुख्य पात्रले लापालिस्तान काल्पनिक शहरको मानवीय जीवनको वर्णन गरेको र काल्पनिक कथालाई मौलिक कथा जस्तो शैलीमा बुनिएकाले उपन्यास पठानीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भाषिक प्रयोग र लेखकको व्यंग्यात्मक ह्युमरस पुस्तकको अझै बलियो पकड हो ।”
संचारकर्मी चिराग बाङ्देलले लेखक ग्रेटाको बारेमा परिचय गराउनुभएको थियो ।
डा. हेमाङ्ग दीक्षित र डा. मधु घिमिरेले लेखकको संघर्षकालका संस्मरण सुनाउनुभएको थियो ।
लोकार्पणमा बोल्दै लेखक ग्रेटा राणाले उपन्यास प्रकाशक, सम्पादक र पाठकप्रति आभार व्यक्त गर्नुभयो । आफ्ना अघिल्ला पुस्तकले जस्तै यस उपन्यासले पनि पाठकको माया पाउने अपेक्षा रहेको बताउनुभयो ।
बुक हिलले प्रकाशन गरेको ३२० पेजको उपन्यासको मूल्य ५५५ रहेको छ । उपन्यास अमेजन डट कम, थुप्रै डट कम, किताब यात्रा डट कम र बुक हिलकै इप्ल्याटफर्मबाट उपलब्ध हुनुका साथै देशभरका पुस्तक पसलबाट खरिद गर्न सकिने बुक हिलले जनाएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

