ज्योति साहित्य प्रतिष्ठानको २११ औँ शृङ्खलामा म्यान्मारेली साहित्यकार वन्दना गौतम सम्मानित हुनुभएको छ।
नयाँबानेश्वरस्थित चिया सागर रेष्टुरेन्टमा प्रमुख अतिथि शिखरकवि शैलेन्द्र साकारले गौतमलाई “ज्योति स्रष्टा सम्मन” द्वारा सम्मानित गर्नुभएको हो ।
विशिष्ट अतिथिहरू यौनकवी पुष्कर लोहनी, प्रा.डा. भरतकुमार भट्टराई, प्रा.डा. गार्गी शर्मा र प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले गौतमको उज्वल भविष्यको कामना गर्दै कविता वाचन गर्नुभएको थियो ।
उक्त अवसरमा वन्दना गौतमले आफ्ना ३ वटा कविता वाचन गर्दै म्यान्मारको वर्तमान स्थिति पनि उजागर गरी कार्यक्रमलाई भावुक बनाउनुभयो ।
कार्यक्रममा श्रीराम पौडेल, श्रीराम पाण्डे, रश्मि रिमाल, सुनिता अधिकारी, राज रजक, सानुराजा अंजान र योगाम राजन लगायतले आआफना सिर्जना सुनाउनु भयो। कार्यक्रम सुनिता अधिकारीले संचालन गर्नुभएको थियो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
आश्विन २१, आईतवार १४:५५