ज्योति  साहित्य प्रतिष्ठान काठमाडौंले १७४ औँ कवितायात्रा  शृङ्खला पौष २४ गते शुक्रबार  समापन गर्यो । यस कार्यक्रममा ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंह सभापति थिए भने प्रमुख अतिथि वरिष्ठ कवि तीर्थ श्रेष्ठ र विशिष्ठ अतिथिमा किशोर पहाडी रहेका थिए ।
त्यस्तै अतिथि  कविहरू  जगदिश्वर पोखरेल, लक्ष्मी बडाल,  महेश खरेल,  बाबुराम न्यौपाने, सुधा ढकाल, गंगा लिगल, संगीता ठाकुर, निरु बिन्दु (कालेबुङ), लक्ष्मीप्रसाद मिश्र (लमजुङ),  निर्मल पराजुली (काठमाडौं ), रेणु घिमिरे (सिरहा ), चन्द्रा न्यौपाने ,बिमुन्स पौडेल, सीता कार्की , द्वारिका कुइँकेल, जीविका अश्रु (सिक्किम), ममता मृदुल, राजेश्वरी काफ्ले, गंगा आचार्य सापकोटा, सरीता भट्टराई नेपाल लगायतले कार्यक्रममा उपस्थिति जनाएर  उत्कृष्ट रचना वाचन गरेका थिए ।

 

प्रमुख अतिथि वरिष्ट कवि तीर्थ श्रेष्ठले भने, “कविता लेख्न सजिलो छ, बुझ्दै जाँदा कठिन हुन्छ । झन् बुझ्यो झनै कठिन हुन्छ ।” श्रेष्ठले वर्तमान जटिल परिस्थितिमा पनि विभिन्न  ठाउँबाट साहित्य सर्जकहरु जोडेर कार्यक्रम भव्य र सव्य  बनाउन सफल भएकोमा  ज्योति साहित्य प्रतिष्ठानलाई अझ उत्तरोत्तर प्रगतिको कामना गर्दै सभापतिलाई  धन्यवाद  पनि दिए । साथै, उनले कविता पनि वाचन गरेर सुनाएका थिए ।
अन्त्यमा सभापति मणिराज सिंहले  कार्यक्रम   सफल भएकोमा खुसी व्यक्त गर्दै भने, “यस्तो संक्रमणको बेलामा पनि  समय निकालेर विभिन्न ठाउँबाट स्रष्टा जोडिएर कार्यक्रम सफल बनाइदिनु भएकोमा धन्यवाद दिन चाहान्छु ।” साथै उनले एउटा कविता वाचन पनि गरेर सुनाए ।

 

कार्यक्रम संचालन सुशीला ढकाल अधिकारीले गरेकी थिइन् ।