
ज्योति साहित्य प्रतिष्ठानको १८४औँ शृङ्खलामा कवि मीना श्रेष्ठको कवितासङ्ग्रह “फर्गेट एस्टर्डे”को परिचर्चा सम्पन्न भयो ।
प्रा. तुलसी दिवस र कवि शैलेन्द्र साकारको विशेष आतिथ्यमा सम्पन्न सो कार्यक्रमको सभापतित्व ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले गर्नु भयो।
कार्यक्रममा कवितााथि चर्चा गर्दै कवि तुलसी दिवसले भन्नुभयो, ‘मैले यस अघि मीनालाई चिनेको थिइनँ न त पढेको नै थिएँ । तर उहाँका कविताले तान्यो । मैले कविताहरू ध्यान दिएर हेरेँ। शब्दहरूमा भाव छ, बिम्बहरूको प्रयोग भएको छ र आफ्नै अनुभूतिहरू व्यक्त भएको छ ।’
दिवसले मीना कविका रूपमा राम्रो कवि पाएको बताउनुभयो ।
यसैगरी, कवि शैलेन्द्र साकारले पनि मीनालाई पहिलो पटक पढेको र कवितामा कवित्व भएकाले मीना राम्रो सम्भावना भएकी शक्तिशाली कवि भएको बताउनुभयो ।
कवि सुधा मिश्र, उषा केसी र असीम सागरले सो सङ्ग्रहबाट १/१ वटा कविता वाचन गर्नु भयो।
कार्यक्रममा कवि मीना श्रेष्ठले दुई वटा कविताहरू वाचन गरेर सबैलाई मन्त्र मुग्घ पार्नुभयो ।
कार्यक्रममा पत्रकार स्रष्टा तुलसीहरि कोइराला, निरूपा प्रसून, ममता मृदुल, रमेशचन्द्र अधिकारी, विष्णु भण्डारी आचार्य, अम्बिका याम्फु अनमोल, भुवन भट्टराई, जगदिश अधिकारी, सन्तोष प्रधान चौधरी, जगदिश्वर थापा, दीपेन्द्र दोङ तामाङ, सुशील कृ. ब. श्रेष्ठ लगायतले परिचर्चामा भाग लिएँ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










