कोभिड -१९ को महामारीलाई मध्येनजर राखेर भर्चुअल माध्यमबाट ज्योति साहित्य प्रतिष्ठान काठमाडौंले १७१ औँ कविता शृङ्खला यही मंसिर १९ गते शुक्रबार सम्पन्न गर्यो ।

प्रमुख अतिथि प्राज्ञिक व्यक्तित्व प्राध्यापक डा . माधवप्रसाद पोखरेलज्यू , विशिष्ट अतिथिहरू मन्जु काँचुली तिवारी , कृष्ण प्रधान , कृष्णप्रसाद श्रेष्ठ (रूस) रहनु भएको थियो । त्यस्तै अतिथि कविहरू ‌रामबाबु सुवेदी, कलानिधि दाहाल, टंक भट्टराई, ज्योति जंगल (विराटनगर), जीविका अश्रु (गान्तोक), महेशराज खरेल (काठमाडौं ), भैरवी भूगोल (नुवाकोट), गोकुल अधिकारी (विराटनगर ), गौरी तमु (पोखरा), निरु विन्दु (कालेबुङ ), लक्ष्मी रायमाझी खड्का (विराटनगर), सुशीला ढकाल अधिकारी (गोरखा), लक्ष्मीप्रसाद मिश्र (लमजुङ), चन्द्रवती अधिकारी (कोहलपुर), निर्मल पराजुली (काठमाडौं ), शर्मिला कार्की (पर्वत), सुमित्रा सुमी (नुवाकोट), पूर्णप्रसाद पन्त (गोरखा), रेणु घिमिरे (सिरहा), जगदिश्वर पोखरेल, गुप्तबहादुर श्रेष्ठ, द्वारिका कुईंकेल, चन्द्रा न्यौपाने, विमुन्स पौडेल, लक्ष्मी बादल, सुधा मिश्र, विमल अर्याल, महेश खरेल, राधिका गुरागाइँ (विराटनगर), पूर्ण पन्त, सरिता भट्टराई नेपाल, आर्त अकुलिन, रामेश्वर श्रेष्ठ, उषा आचार्य आदिले कार्यक्रममा आफ्नो उपस्थिति जनाएर कविता, गजल, मुक्तक, खोरीया, सुसेली आदिले रचना वाचन गरेका थिए ।

विशिष्ट अतिथि कृष्णप्रकाश श्रेष्ठ (रूस)ले रूसमा नेपाली साहित्य र लक्ष्मीप्रसाद देवकोटाका साथै बालकृष्ण समको रूससितको सम्बन्धका बारेमा चर्चा गर्दै कविता वाचन गरे ।

विशिष्ट अतिथी मन्जु काँचुलीले वाचित रचनाहरुको समीक्षा गरेका थिए । प्रमुख अतिथि प्रा .डा. माधवप्रसाद पोखरेलले वर्तमान जटिल परिस्थितिमा पनि विभिन्न ठाउँबाट कार्यक्रममा साहित्यिक सर्जकहरुलाई समेट्न सकेकोमा सिङ्गो संस्थाको भूमिका र योगदानलाई धन्यवाद व्यक्त गर्दै सभापतिको प्रशंसा गरे ।

कार्यक्रम ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा सम्पन्न भएको थियो । सभापति सिंहले देश विदेशका श्रष्टाहरूको उपस्थिति र राम्रा कविताहरू वाचन भएकोमा कार्यक्रम गरिमामय भएको अनुभूति भएको बताए । उपस्थित सबै स्रष्टाहरूमा धन्यवाद दिँदै आफ्नो कविता वाचनसहित कार्यक्रम समापन गरे । ज्योति प्रतिष्ठानले साप्ताहिक रूपमा हरेक शुक्रबार भर्चुअल कार्यक्रम गर्दै आइरहेको छ।