‘प्रभुभक्त-छोरीनानी वर्ष पुस्तक पुरस्कार – २०८०’ पुरस्कार युवाकवि मिलन समीरको ‘मिलन समीर र मिलन समीरहरू’लाई प्रदान गरिने भएको छ ।

नारी स्रष्टा समाजद्वारा हरेक वर्ष नेपाली भाषामा नेपालभरिबाट प्रकाशित भएका पुस्तकहरूमध्येबाट छनौट गरिएको उत्कृष्ट पुस्तकलाई प्रदान गरिने यो पुरस्कार पहिलोपटक समीरको ‘मिलन समीर र मिलन समीरहरू’लाई प्रदान गर्ने निर्णय गरिएको हो ।

नारी स्रष्टा समाजका अध्यक्ष ममता मृदुलको अध्यक्षतामा बसेको नारी स्रष्टा समाजको बैठकमा उक्त निर्णय गरेको हो ।

यो पुरस्कारको स्थापना निकथाकार विक्रमभक्त जोशी र बिन्जु शर्माले आफ्ना बुवाआमाको नाममा यसै वर्ष स्थापना गरेका हुन् । यो पुरस्कार पाउने पहिलो स्रष्टा मिलन समीर बनेका छन् ।

आगामी मङ्सिर १ गतेका काठमाडौंमा आयोजना गरिने विशेष साहित्यिक समारोहमा समीरलाई पुरस्कार प्रदान गरिने समाजले जनाइएको छ ।