स्याङ्जा वालिङका साहित्यकार मिलन समीरले कविता कृति बजारमा ल्याएका छन् । वालिङका ३९ वर्षीय समीरको ‘मिलन समीर र मिलन समीरहरू’ बजारमा ल्याएका हुन् ।

समीरले दुई दशकको समयावधिमा लेखिएका कविताहरूको किताबमा मिलन समीर र मिलन समीरहरू हो । यस किताबमा यतिबेला, पर्खाइमा, दुर्भाग्य, विडम्बना, दृष्टिभ्रम र केही अपवाद बाहेक गरी सात खण्डमा ७६ वटा कविताहरू समावेश गरिएको छ ।

नेपाली साहित्यमा स्नातकोत्तर गर्नु भएका मिलनले २०५८ मा ‘मिर्मिरे बिहानी ’ शीर्षकको कवितामार्फत साहित्यमा लेखन थाल्नुभएको थियो । यसअघि उनकाे शृङ्खला-कविता प्रिय दुश्मन प्रकाशित छ ।