कवि चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’ कविता कृति हिन्दी भाषामा पनि प्रकाशित भएको छ । उक्त कृतिलाई हिन्दीमा ‘बूढे माँझी का देश’ का रूपमा प्रकाशनमा आएको हो ।

५० वटा कवितालाई आठवटा खण्डमा विभाजित गरिएको ‘बूढे माँझी का देश’ साउन तेस्रो साता बजारमा ल्याइएको हो । उक्त कृति भारतभरि अनलाइन बिक्रीका लागि अमेजनमा पनि राखिएको स्रष्टा गुरुङले बताए ।

नयाँ दिल्लीस्थित सर्वभाषा प्रकाशन गृहले हिन्दीमा उक्त कृति प्रकाशन गरेको हो । उनको यो कृति नेपालीमा प्रकाशन हुनुभन्दा अघि सन २०२० अक्टुवरमा ‘माइ फादर्स फेस’ नामले दिल्लीको रुब्रिक पब्लिसिङबाट अंग्रेजीमा प्रकाशित भएको थियो । ‘हिन्दीभाषी पाठकहरूका लागि भनेर संग्रहमा भएका सबै कविता मैले नै हिन्दीमा अनुवाद गरेर राखेको थिएँ । बिचमा भारतीय कवि शहन्शाह आलमसँग सम्पर्क भयो । ती कविताहरु पढेपछि उनले पहल गरे ।’

तीन वर्ष साउदी अरब र १२ वर्ष बहराइनमा काम गरेका कवि गुरुङ आफैँले अङ्ग्रेजी र हिन्दीबाट अङ्ग्रेजी, हिन्दी, अरबी कविहरूका कवितालाई नेपाली भाषामा अनुवाद गर्दै आएका छन् ।