
डडेल्धुरा जिल्लाको परशुराम नगर पालिकाको आयोजना र रंगुन साहित्य प्रतिष्ठान सँगको सहकार्यमा जेठ १० र ११ गते परशुराम तीर्थमा परशुराम साहित्य महोत्सवको आयोजना गरिँदै छ।
डडेल्धुरा जिल्लाको परशुराम नगर पालिकामा महाकाली र रंगुन नदीको संगममा परशुराम तीर्थ रहेको छ। उक्त तीर्थको प्रचारप्रसार र परशुरामसम्बन्धी साहित्य, संस्कृतिलाई उजागर गर्न महोत्सव आयोजना गरिन लागेको हो । साहित्य, कला, संस्कृति युवा खेलकुद, नेपाल-भारतसँगको निकटता र सम्बन्ध विषयमा सामूहिक छलफल गरिने कार्यक्रम रहेको छ ।
जेष्ठ १० गते एक समारोहका बिच उद्घाटन गरी विभिन्न सेसन सञ्चालन गरिने छन् । कार्यक्रममा विभिन्न विधामा कलम चलाउने सर्जकलाई सम्मान गरिने तयारी रहेको महोत्सव प्रचारप्रसार समिति संयोजक भवानी अवस्थी रोशनले बताउनुभयो ।
गुगुल्टीका सम्पादक वीरबहादुर चन्द विश्राम कंचनपुर ,परशुराम पौराणिक आख्यान का लेखक किरण आचार्य नेपालगन्ज, जनक रसीक दोरीका लेखक कैलाली ,कसन कविता संग्रह का लेखक गणेशबहादुर नेपाली कैलाली ,गजलकार निर्माला बोगटी बिष्ट डडेल्धुरा ,पत्रकार डि आर पन्त,सम्मानित गरिने कार्यक्रम रहेको छ ।
महोत्सवमा डा. नवराज लम्साल, विप्लव प्रतीक, सोझो गाउँले, आख्यानको ओज र सकस विषयमा मदन पुरस्कार विजेता रामलाल जोशी, विवेक ओझा, श्री माँ पुर्णागिरि समिति उत्तराखण्डका अध्यक्ष किसन तिवारी, परशुराम तीर्थसम्बन्धी जानकार तीर्थराज अवस्थी, अन्य प्रतिष्ठित व्यक्तित्वको उपस्थिति रहने र कार्यक्रममा पत्रकार टीकाराम यात्री, राजेन्द्र बानिया, दीर्घराज उपाध्याय, कैलासकुमार पाण्डेय, टेकराज अवस्थी, वरुण पनेरुले सहजीकरण गर्नु हुने रंगुन साहित्य प्रतिष्ठानका अध्यक्ष बद्रीसिंह खत्रीले बताउनु भयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

