मन्त्री छन् हिजो उनै पनि चौकीदार थिए
कुनै /कुनै रोजगार बिनाका बेकार थिए

कहिले कस्को /कहिले कस्को काखामा
बिना पिँधका लोटा जस्तै बरकरार थिए

उनैलाई नै समाजवाद आएको छ देशमा
जो सिद्धान्तहीन र आफैँमा दोधार थिए

उनीहरू मख्ख छन् मन्त्री सभासद बनी
जो सधैँभरि पद लोलुप्ताका बिमार थिए

जौना वर्गको मुक्तिका लागि हिँड्यौँ हामी
उस्तै छ अवस्था जो उत्पीडित मुहार थिए

अरे यार कुन सिद्धान्त बोकेर संसद् पुग्यौ
जो तिम्रै विरूद्धमा उठेका हतियार थिए।

दाङ, घोराही १८