बिहानै समशेर बाजेका घरमा पत्रकारहरू जुटेका थिए । त्यो देखेर पिटरलाई खाँटी कुरा बुझ्न उत्सुकता जाग्यो र ऊ उतै लाग्यो।
आँगनमा केही मानिसहरू पहिल्यै देखि बसेका थिए।
पिटर पनि उनीहरूकै नजिक गएर बस्यो।
आज त्यहाँ पत्रकार सम्मेलन रहेछ।
समशेर जी भन्नुस् हजुरमा किन यसरी अत्याचार भएको छ ? यो हजुर बसेको घर कसको हो ? पत्रकारले दुइ वटा प्रश्न तेर्साए।’
यो जेठो छोराको घर हो ! हामी दुवै जना माथि अत्याचार भएकै हो !’- समशेरले भन्यो।’
“विस्तृत रूपमा भन्दिनु न !” पत्रकारले विनम्र आग्रह गर्यो।’
‘हेर्नुस् बाबु ! हामी अनपढ भए पनि छोराछरीको राम्रो परवरिस गर्यौं। पढायौँ र हाकिम भएका छन्। सबैका बिहे दान गरायौँ। उनीहरू मिल्न सकिनन् र छुट्टा छुट्टै बस्ने बेला हामी कान्छा छोरा बुहारीसँग बसेका थियौँ।उनीहरूलाई के चित्त दुख्यो उनीहरूले आश्रममा छोडेर फर्किए। हामी जनतन दिन काटेकै थियौँ।’
एकदिन माइलो छोरा र बुहारी भेट गर्न वृद्धाश्रम पुगे र भने ! “हामी मरेका छौँ र ? हाम्रा घरमा हिँड्नुस्।” “उसको कुराले मन छोयो ।”
हामी उसैको पछि लागेर उसका घरमा पुग्यौँ।
अलि दिन पछि बुढीले भनी, “बुढा माइलो छोरा किरायामा बसेको छ; हाम्रो घडेरी दिऊँ है बिचरा घर बनाएर बस्छन्। हामीलाई उसैले पाल्छ हामी कति पो बाँचौँला र ।”
मैले बुढीको भनाइ टाल्न सकिनँ। हस् भन्दिएँ।
बुढीको नामको घडेरी कति बेला बुहारीको नाममै गराएछन्। घर निम्तिएपछि दिनरात खपिखानु गराइन् त्यो बुहारीले।
त्यसपछि उसको बेइमानी देख्दा त्यहाँ बस्न मनले मानेन।
केही महिना पहिलेदेखि जेठो छोरा बुहारी कहाँ बसेका छौँ। बुढापा पेन्सिनको पैसो तिरेर खाना खान्छौँ।
केही दिनबाट बसेको घरभाडा पनि दिनुपर्छ भन्छन्। हामीसँग भाडा तिर्ने पैसा छैन,भाडा तिरे खाना के खाने ?,भएन भनेर हिजो बुहारीले मेरी बुढीमाथि हातपात गर्न पुगी। यही हाम्रो विस्मित विवरण हो ! समशेरले भावुक हुँदै भने।’
मेरा घरमा पनि तिन भाइ छोरा छन्। यो घटनाबाट ज्ञान लिनै पर्छ। बुढेसकाल नजिकै छ। यति बेर समशेरका कुरा सुनिरहेको पिटरले आफ्नै मनसँग भन्छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।