
म विश्व कप हेरेर फर्कँदै थिए प्लेनमा । मैले अन्तर्राष्ट्रियस्तरमा स्वयं सेवक गर्ने मौका पाएँ । दुई वटा विस्वकप नि:शुल्क हेर्ने ढोका खुल्यो । मैले माध्यामिक विद्यालय पढ्ने क्रममा केही हुलहरु गाउँमा आउँथे र भन्थेँ, ” हामी देश र जनताको परिवर्तनको पक्षमा छौँ । नयाँ नेपाल बनाउँछौँ । समाजवाद ल्याउँछौँ ।” हो जस्तै लाग्यो ।

बालकृष्ण गजुरेल
म पनि लागेँ । जब मैले एक पटक शक्ति राष्ट्रका जाशुश सँगै प्रमुख नेता भेटेँ । त्यसपछि सिधा चिठी लेखेँ र उनीहरुको झुटबाट बाहिरिएँ ।
रिसिभीकै भरमा जंगलीहरुले झम्टे । अति रञ्जित आरोप लगाए । बोध नभएका ती मुर्खले परिवर्तनको कुरा गर्दा अहिले सम्म म अचम्ममा छु । झण्डै श्रृलंका, सिरिया तथा लिबिया बनाएनन् । विजय दासले विगतको कहानी सुनाउँदै बोल्न खोजे ।
कतारमा पाँच लाख नेपाली कामदार रहेको पाएँ । विस्वकपको लागि रंगशाला बनाउँदा सयौँ मरेछन् । यो समाचार उनको मुखबाट सुन्दा दंग परेँ । म उनलाई लिन एयर्पोट गएको थिएँ । उनको झोला ट्याक्सीमा हाल्दै मैले थपेँ, “बाँदरहरुले हवाई जहाज पाएर पनि के गर्नु ? दुर्घटनामा पार्छन् ।”
बिजय दासलाई मेरो विषय मन परेछ । उनले आफ्नो कहानी टुङ्गाउँदै भने, “समाजवाद र नयाँ नेपाल मात्र शब्दको विस्तार हो । यिनीहरुले केही गर्दैनन् । आत्म दहन गरिसके ।”
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
