“…..मानिसको अन्तर्राष्ट्रिय जाती हुनेछ, यो अन्तिम युद्ध… …..” अरूले जस्तै उहाँले पनि उठेर मुठी कस्नुभयो । कार्यक्रम भरखरै शुरू भयो । उहाँ मञ्चमा नै हुनुहुन्थ्यो । उहाँको नजर आफ्नो घडीमा गइरहेको थियो । उहाँको मन छटपटिएको अनुमान लगाउन सकिन्थ्यो । घरी घरी आयोजकसँग कानेखुसी गर्दै गरेको देखिन्थ्यो ।
“हाम्रो विशेष अतिथिज्यूको कार्य व्यस्तताको कारण हाम्रो निर्धारित समयतालिकामा सामान्य फेरबदल गरिएको छ । अब म हाम्रा विशेष अतिथिज्यूलाई यो सभामा सम्बोधन गरिदिनु हुन अनुरोध गर्दछु ।” कार्यक्रम सञ्चालकले भने ।
“…..अब हाम्रा बलिदानले तोडिएका सामन्तवादी साङ्लाहरु कायरहरूले जोड्न सक्ने छैनन् ……”
तालीका गडगडाहट सहित उहाँको सम्बोधनको अन्त्य भयो ।
उहाँ आयोजकसँग बिदा मागेर मञ्चबाट तल ओर्लनुभयो । सबैलाई नमस्ते गर्दै हलबाट निस्केर जानुभयो ।
अर्को ठाउँमा छिटो पुग्नुथियो । आफ्नो ड्राइभरलाई गाडी छिटो हाँक्न आदेश दिनुभयो ।
—-
अर्को कार्यक्रममा पुग्नु भयो । मञ्च अगाडि उहाँले भरखर अर्को कार्यक्रममा सामन्ती घोषणा गरेका परिवारका फोटाहरू थिए । उहाँलाई कार्यक्रमको मञ्चबाट विराजमान गराइयो ।
कार्यक्रमका सभापतिले उहाँसँग कानेखुसी गर्दै भने, “हजूरको पार्टीबाट टिकट ल्याउनुहोस् जिताउने जिम्मा हाम्रो भो । हजूर जस्तो व्यक्ति हाम्रो जातीय समाजको संरक्षक भएपछि हामीलाई कसले जित्न सक्छ ?”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 










