अचानक आवाज आयो । पीपलसँगै टाँसिएको घैँटोको आवाज रहेछ । घैँटोलाई हेरेँ । घैँटोमा फोहोर रहेछ पीपलको पातले बाहिरी भाग सफा गरेँ । घैँटोभित्र हेरेँ । पानी जमेको रहेछ । कीरा,फटयाङ्ग्रा मरेका रहेछन् ।
घैँटोलाई सोधेँ, ‘तिम्रो मालिक छैन ।’
‘थियो नि ।’
आश्चार्य मान्दै फेरि सोधेँ, ‘थियो मतलब ?’
घैँटोले भन्यो, ‘मैले मालिकको खर्च चलाउन सकिनँ । मेरो मालिक कुमाले धातुका उद्योग अगाडि कीरा फटयाङ्ग्रा जस्तै भयो । मृत्यु रोज्यो । म लावारिस भएँ ।’
‘मलाई पनि टुक्रा-टुक्रा पारिदिनुहोस् । म लावारिस बाँच्न चाहन्न ।’ घैँटोले रुँदै भन्यो ।
घैँटो उठाएँ । टुक्रा-टुक्रा पार्ने हिम्मत भएन । भान्छामा पानी भरेर राखेको छु । घैँटोले नयाँ जीवन पाएको छ । मैले चिसो पानी ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला