“सर ! ती फाइलहरू किन पन्छाएको ?” दिनेशले छुट्टै राखेका केही फाइलतिर इसारा गर्दै भन्यो ।
“होइन त्यो .. ! ए ए त्यो फाइल हाम्रो कामका छैनन् । ती सबै पुराना हुन् ।” सागरले आनाकानी गर्दै अझ पर सर्काउँदै भन्यो ।
तर दिनेशले त्यस फाइलभित्रका केही रचनाहरू पढिसकेको थियो ।
“ओहो सर ! यस फाइलभित्र त अहिलेको समयका कतिपय रचनाहरू छन् ।” दिनेशले सागरलाई फाइलभित्रबाट रचना देखाउँदै भन्यो ।
ती कतिपय अनुजहरूका हुन् अहिले उतै राख । निर्णायक मण्डललाई हामीले यस फाइलभित्रका सबै रचना दिनुपर्छ । किनकि यो अग्रजहरूको हो । उनीहरूको नाम चलेको हुन्छ ।” सागरले आफ्नो हातको फाइल दिनेशलाई थमाउँदै भन्यो ।
दिनेश तलबमा बसेको “एस म्यान” बिचरो के गरोस् ।
ऊ चुपचाप आदेशअनुसार सबै अग्रजका रचना क्रमबद्ध रूपमा निर्णायकका टेबुलमा राख्यो र फर्क्यो ।
अनुजहरूका सिर्जना भरिएको फाइलले परको टेबुलबाट टुलुटुलु हेरिरहेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।